विश्वकप खेलबारे भविश्यवाणी गर्ने अक्टोपसलाई जापानमा मारियो

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

विश्वकप फुटबल खेलमा जापानको भविश्यवाणी गर्दै आएको ओक्टोपस ‘राबिओ’लाई मारीएको छ।

उक्त अक्टोपसका मालिकले उसलाई विक्री गरेपछि त्यसालाई मारेर सासमी (जापानिज माछा, मासुको मसिनो टुक्रा) बनाइएको समाचारमा उल्लेख छ।

केहि दिनअघिको एक परिक्षणमा राबिओले कोलम्बियाबिरुद्धको खेलमा जापानले जित्ने तथा सेनेगलसंग बराबरीमा रोकिने भविष्यवाणी गरेको जापानको स्थानीय संचार माध्यमलाई उद्रीत गर्दै विविसीले जनाएको छ।

राबिओले प्याडलिङ्ग पूलमा गरिएको परिक्षण्मा जापानले जित्ने , हार्ने र बराबरीमा रोकिने छुट्टाछुट्टै सेक्टरमा खान राखेर परिक्षण गरिएको थियो।

किमिओ आबे नाममका कृषकले पक्रिएको राबिओले हालसालै उक्त अक्टोपसले भविष्यवाणीभन्दा गरेर भन्दा विक्री गरेर नै बढी पैसा आउने भन्दै बेचेको समाचारमा उल्लेख छ।

जून २८ मा पोल्याण्डबिरुद्धको खेलअघि राबिओलाई बेचिएको उने बताए।

राबिओले जापानको फुटबल टिम कुन खेलमा कति गते जित्छ, कतिगते हार्छ र कतिगते बराबरीमा खेल्छ भन्ने भविश्यवाणी गर्न सफल भएपनि आफ्नो जिन्दगी कहिले, कहाँ र कसरी अन्त्य हुन्छ भन्नेबारे भने भविष्यवाणी भने गर्न सकेन।