गुफामा फसेका बालकको उद्धार जारी, एकजना गोताखोरको मृत्यु, उद्धारको काम जोखिमपूर्ण

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
बैंकक, २२ असार

थाइल्याण्डको चियाङ राइस्थित लिवङ गुफामा फसेर रहेका १२ जना बालक र उनका फुटवल प्रशिक्षकको उद्धारको काम अत्यन्तै जोखिमपूर्ण बन्दै गएको छ ।

उनीहरुको उद्धारका लागि स्वदेशी र विदेशी गोताखोर समेत चार दिनदेखि निकै खटिएका छन् । तर उनीरुलाई बाहिर निकाल्न सकेका छैनन् ।

गुफामा घुम्न गएका उनीहरु फसेको नौ दिनपछि सकुशल रहेको पाइएको थियो । उनीहरु आजका मितिसम्म नै स्वस्थ रहेको समाचारहरु आइरहँदा उद्धारको काम भने झनै जोखिमपूर्ण रहेको पाइएको छ ।
करिब दुई साताअघिदेखि यो उद्धारको काम थालिएको हो । त्यसमा स्वदेशी र विदेशी गोताखोरहरु सक्रिय रुपमा लागेका सरकारले जनाएको छ ।

बालकहरु र उनीहरूका प्रशिक्षक उक्त गुफाभित्र च्यापिएर रहेका छन् । उनीहरुलाई खानेकुरा भने बाहिरबाटै दिइएको छ ।

उक्त प्रयासमा थाइल्याण्डको नौसेनाका गोताखोर, सैनिक र अरु उद्धारकर्मीहरूसहित करिब एक हजार जना जति खटिइरहेका थाइ सरकारले जानकारी दिएको छ ।

उद्धारमा खटिएका गोताखोरको मृत्यु 

यसैबीच शुक्रबार बिहान प्राप्त एक समाचारमा उक्त उद्धारको काममा खटिएका नौसेनाका एकजना गोताखोरको ज्यान गएको बताइएको छ ।
शुक्रबार बिहान सो गुफाभित्र छिरेका उनी त्यहाँबाट बाहिर निस्कने क्रममा मृत्यु भएको अधिकारीहरूले बताएका छन् । गुफामा फसेका व्यक्तिहरूलाई खानेकुरा पु¥याएर फर्किनेक्रममा उनको मृत्यु भएको हो ।

अधिकारीहरुले अक्सिजनको अभावका कारण बेहोस भएका ३८ वर्षीय उनको गुफाबाट बाहिर फर्किनेबेला आफैँलाई अक्सिजनको अभाव भएकोले मृत्यु भएको बताइएको छ । रासस÷एएफपी