उरुग्वेलाई २-० गोलले हराउँदै फ्रान्स सेमिफाइनलमा

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

विश्वकप खेलको पहिलो क्वाटरफाइनल खेलमा फ्रान्सले उरुग्वेलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

रसियामा जारी विश्वकप महासंग्रामको पहिलो क्वाटरफाइनल खेलमा फ्रान्सले उरुग्वेलाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल खेलको यात्रा जारी राख्न सफल भयो।

खेलको पहिलो हाफमा उरुग्वेविरुद्ध पहिलो हाफमा एक सून्य गोलको अग्रता लिएको फ्रान्सले दोस्रो हाफको ६१ औं मिनेटमा ग्रीजम्यानले हानेको बल उरुग्वेका किपरको फितलो बचाउको प्रयासले गोलमा परिणत भएपछि उरुग्वे विश्वकप यात्राबाट बाहिरिएको हो।

रसियाको निज्नी नोभोगार्ड स्टाडियममा शुक्रबार साँझ भएको खेलको पहिलो हाफको ४०औं मिनेटमा भरानले हेड गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए।

खेलभरी अधिकांश समय फ्रान्सले उरुग्वेलाई दबाबमा राखेपनि उरुग्वेले पनि बेला बेलामा विपक्षीको पोष्टमा राम्रो तर असफल प्रयास गरेको थियो।

खेलमा उरुग्वेका मार्टिन कसिर्यसले हानेको फ्रि किकमा आएको बललाई फ्रान्सका किपर ह्युगो ल्लोरिस गोलहुनबाट बचाएर आफ्नो टिमको अग्रता कायम नै गराउन सफल भए।