पहिलो हाफमा ब्राजिलविरुद्ध बेल्जियमको २-० को अग्रता

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

विश्वकप फुटबल खेलको दोस्रो क्वाटरफाइनल खेलमा पाँच पटकको विश्वकप विजेता ब्राजिललाई बेल्जियमले पहिलो हाफमा दुुइ सून्य गोल पछि पारेको छ।

कजानमा शुक्रबार मध्यरातमा भएको खेलमा विश्वकपको प्रमुख दाबेदारको रुपमा देखिएको ब्राजिलको विरुद्ध पहिलो गोल १३ मिनेटमा आफ्नै खेलाडी फर्नान्डीनोले आत्मघाती गोल गरेर विपक्षी टिमलाई अग्रता दिलाए।

त्यसपछि पटक पटक ब्राजिलका खेलाडीले विपक्षीको पोष्टमा आक्रमण गरेपनि बेल्जियमको बलियो डिफेन्ससामु उनीहरुको केहि लागेन।

बरु उल्टै काउन्टर एट्याकमा पाएको बललाई रोमेरो लुकाकुले आफ्नो ग्राउण्डको मध्यभागबाट पास दिएको बललाई बेल्जियमका डे ब्रायनले कुनै गल्ती नगरी ३१ मिनेटमा गोलमा परिणत गरिदिए।

त्यसपछिको सयममा पनि ब्राजिका खेलाडीले गोलको प्रयास गरेपनि बेल्जियमका किपर र डिफेन्सले विफल तुल्याइदिए।