पाँच पटकको विश्वविजेता ब्राजिललाई घर पठाउँदै बेल्जियम सेमिफाइनलमा प्रवेश

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, असार २३

विश्वकप फुटबल खेलको दोस्रो क्वाटरफाइनल खेलमा पाँच पटकको विश्वकप विजेता ब्राजिललाई नाटकीय ढ्रगले पराजित गर्दै बेल्जियमले सेमिफाइनलमा प्रवेश गरेको छ।

कजानमा शुक्रबार मध्यरातमा भएको खेलमा विश्वकपको प्रमुख दाबेदारको रुपमा देखिएको ब्राजिलको विरुद्ध बेल्जियमले २ १ गोल अन्तरले विजयी हुँदै सेमिफाइनलको यात्रा जारी राखेको हो।

बेल्जियमले अब अर्को खेल फ्रान्स विरुद्ध खेल्ने छ।

ब्राजिलसँगको आजको खेलको पहिलो हाफमा एक गोल ब्राजिलकै आत्मघाती गोल र अर्को आफ्नो खेलाडीले गरेको दुई गोल नै बेल्जियमको भाग्य चम्काउन पर्याप्त भयो।

खेलको १३ मिनेटमा आफ्नै खेलाडी फर्नान्डीनोले आत्मघाती गोल गरेर विपक्षी टिमलाई अग्रता दिलाए।

त्यसपछि पटक पटक ब्राजिलका खेलाडीले विपक्षीको पोष्टमा आक्रमण गरेपनि बेल्जियमको बलियो डिफेन्ससामु उनीहरुको केहि लागेन।

बरु उल्टै काउन्टर एट्याकमा पाएको बललाई रोमेरो लुकाकुले आफ्नो ग्राउण्डको मध्यभागबाट पास दिएको बललाई बेल्जियमका डे ब्रायनले कुनै गल्ती नगरी ३१ मिनेटमा गोलमा परिणत गरिदिए।

त्यसपछिको सयममा पनि ब्राजिका खेलाडीले गोलको प्रयास गरेपनि बेल्जियमका किपर र डिफेन्सले विफल तुल्याइदिए।

दोस्रो हाफको अधिकांश समय ब्राजिलका खेलाडीले बेल्जियमको पोष्टमा एक पछि अर्को आक्रमण गरेपनि गोलमा परिणत हुन सकेन। खेलको ७६औँ मिनेटमा ब्राजिलका अगुष्टोले हेड मार्फत एक गोल फर्काएपनि त्यसपछिका प्रयास सफल नहुँदा पाँच पटकको विश्वकप विजेता ब्राजिल पराजित हुँदै अर्जेन्टिना, उरुग्वेको पछिपछि घर फर्किन बाध्य भयो।