पहिलो हाफमा स्वीडेनमाथि इङल्याण्डको १ सून्यको अग्रता

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

रसियामा जारी विश्वकप फुटबल खेलको क्वाटरफाइनल खेलमा इंङल्याण्डले स्वीडेनविरुद्ध एक सून्य गोलको अग्रता लिएको छ।

समरा एरेनामा शनिबार साँझ भएको खेलको पहिलो हाफको ३० मिनेटमा पाएको कर्न्र किकलाई ‘सेट पिस’मा ह्यारी म्याग्वायरले हेडमार्फत गोल गरेका थिए।

पहिलो हाफमा दुबै टिमको डिफेन्स अत्यन्त बलियो देखिएपनि बेला बेलामा इङल्याण्डको आक्रमणमा स्वीडेनका खेलाडी धरमराउन पुग्दा विपक्षीको आक्रमण घातक बन्ने खतरा अन्तिम ४५ मिनेटसम्मै रह्यो।

दुबै तर्फका महत्वपूर्ण खेलाडीले यसअघिको खेलमा पँहेलो कार्ड खाएको कारण अर्को खेलमा लाग्न सक्ने प्रतिबन्दलाई ध्यान दिँदै दुबै टिमका खेलाडीहरुले अत्यन्त अनुशासीत खेल प्रदर्शन गरेपछि रेफ्रीले पहिलो हाफमा कुनै चेतावनी अथवा कार्ड देखाउनु परेन।