स्वीडेनलाई २ ० ले पराजित गर्दै इङल्याण्ड सेमिफाइनलमा पुग्यो

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

रसियामा जारी विश्वकप फुटबल खेलको क्वाटरफाइनल खेलमा इंङल्याण्डले स्वीडेनलाई दुई सून्य गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

समरा एरेनामा शनिबार साँझ भएको खेलको पहिलो हाफको ३० मिनेटमा पाएको कर्न्र किकलाई ‘सेट पिस’मा ह्यारी म्याग्वायरले हेडमार्फत गोल गरेका थिए।

पहिलो हाफमा दुबै टिमको डिफेन्स अत्यन्त बलियो देखिएपनि बेला बेलामा इङल्याण्डको आक्रमणमा स्वीडेनका खेलाडी धरमराउन पुग्दा विपक्षीको आक्रमण घातक बन्ने खतरा अन्तिम ४५ मिनेटसम्मै रह्यो।

दुबै तर्फका महत्वपूर्ण खेलाडीले यसअघिको खेलमा पँहेलो कार्ड खाएको कारण अर्को खेलमा लाग्न सक्ने प्रतिबन्दलाई ध्यान दिँदै दुबै टिमका खेलाडीहरुले अत्यन्त अनुशासीत खेल प्रदर्शन गरेपछि रेफ्रीले पहिलो हाफमा कुनै चेतावनी अथवा कार्ड देखाउनु परेन।

त्यसपछि दोस्रो हाफको खेलमा इङल्याण्डका डेली आलीले ५९ मिनेटमा हेडमार्फत दोस्रो गोल गर्दै आफ्नो टिमको जित सुनिश्चित बनाए।

त्यसपछिको खेलमा स्वीडेनका खेलाडीहरुले पटक पटक गोल फर्काउने असफल प्रयास गरेपछि इङल्याण्डका किपर र डिफेन्सले विफल तुल्याइदिएपछि स्वीडेनका खेलाडी निराश बन्दै घर फर्किन बाध्य भए।

अब सेमिफाइनलमा इङल्याण्डले रसिया र क्रोयसियाबीचको विजेतासँग खेल्ने छ।