विश्वकप खेलको पहिलो सेमिफाइनल बेल्जियम र फ्रान्सबीच सुरु

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, असार २६

विश्वकप फुटबल खेलको पहिलो सेमिफाइनल खेल मंगलबार मध्यरातमा बेल्जियम र फ्रान्सबीच रसियाको सेन्ट पिटर्सवर्गमा हुँदैछ।

मंगलबार पौने १२ बजे सुरु हुन लागेको खेलमा यी दुबै टिम विश्वकप फाइनलमा पग्न र २१औं संस्करणको विश्वकप आफ्नो कब्जामा पार्न संघर्षरत गर्दैछन्।

सन १९९८ को विश्वकप विजेता फ्रान्स लामो समयको अन्तरालपछि फाइनलको यात्रा तय गर्न लागि पर्दैछ भने उता फ्रान्सकै पूर्व स्टार खेलाडी थियरी हेनरी बेल्जियमको सहायक प्रशिक्षकको रुपमा आफ्नै देशको विरुद्ध बेल्जियमलाई जिताउने रणनीति अपनाउँदैछन्।

आजको खेलमा बेल्जियमका स्टार खेलाडी इ हजार्ड रोमेरो लुकाकु, डि व्रायन, फलोनी जस्ता खेलाडी फ्रान्सका लागि खतरनाक बन्न सक्ने सम्भावना रहेको छ भने उता फ्रान्सका युवा खेलाडी एम्वापे, मतौडी, ग्रीजम्यान र हर्नान्डेज बेल्जियमका लागि भारी पर्न सक्ने स्थिति रहेको छ।