इङ्ल्याण्डलाई २-० गोलले हराउँदै बेल्जियम विश्वकप खेलमा तेस्रो भयो

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

विश्वकप फुटबल खेलको तेस्रो स्थानका लागि भएको खेलमा बेल्जियमले इङ्ल्याण्डलाई पराजित गर्दै तेस्रो स्थान सुरक्षित गर्न सफल भएको छ।

रसियाको सेन्ट पिटर्सवर्गमा शनिबार साँझ भएको खेलमा बेल्जियमले इङ्ल्याण्डलाई दुई सून्य गोल अन्तरले पराजित गर्दै तेस्रो स्थानमा रह्यो।

खेलको पहिलो हापको चार मिनेटमै बेल्जियमका मुनियरले गोल गर्दै बेल्जियमलाई एक सून्यको अग्रता दिलाए।

त्यसपछिको समयमा इङ्ल्याण्डले बेल्जियमको पोष्टमा आक्रमणका प्रयास गरेपनि सफल हुन सकेन।

दोस्रो हाफको खेलमा पनि इङ्ल्याण्डले केहि राम्रा प्रयास गरेपनि बेल्जियमको डिफेन्स र किपरको कारण गोल हुन सकेन।

खेल अवधिभर अत्यन्त सुन्दर प्रदर्शन गर्न सफल बेल्जियमका डि ब्रायन र इडन हजार्डको तालमेलका कारण खेलको ८२औं मिनेटमा डि ब्रयानको पासमा हजार्डले गोल गर्दै जित सुनिश्चित गराए।

सेमिफाइनलमा बेल्जियम फ्रान्ससँग र इङ्ल्याण्ड क्रोयसियासँग पराजित भएका थिए।

विश्वकप फुटबल २०१८ को उपाधिका लागि फ्रान्स र क्रोयसियाबीच आइतबार खेल हुँदैछ।