आत्मघाती गोल गरेकाे क्रोयसियाले बराबरी बनायो

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

विश्वकप फुटबलको फाइनल खेलमा क्रोयसियाको आत्मघाती गोलले फ्रान्सले अग्रता लिन सफल भएपनि उसको खुशी लामो समय टिक्न सकेन।

रसियाको मस्कोमा सुरु भएको फाइनल खेलको १८ मिनेटमा फ्रान्सका ग्रीजम्यानलाई डिबक्स बाहिर लडाएपछि पाएको फ्रीकिकलाई क्लेयर गर्ने क्रममा क्रोयसियाका मन्जोकिकको हेडमा लागेको बल पोष्टभित्र छिरेपछि फ्रान्सले अग्रता लियो।

विश्वकप फाइनल खेलमा आत्मघाती गोल भएको यो १२औ पटक हो।

तर, खेलको २८ औ मिनेटमा क्रोयसियाका इभान पेरिसिकले गोल गर्दै बराबरी बनाए।