क्रोयसियाको आत्मघाती गोल र ग्रीजम्यानको पेनाल्टीले फ्रान्स दुई एक गोलले अगाडि

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, असार ३१

विश्वकप फुटबलको फाइनल खेलमा क्रोयसियाको आत्मघाती गोलसँगै फ्रान्सले दुई एक गोलको अन्तरले अग्रता लिन सफल भएको छ।

रसियाको मस्कोमा सुरु भएको फाइनल खेलको १८ मिनेटमा फ्रान्सका ग्रीजम्यानलाई डिबक्स बाहिर लडाएपछि पाएको फ्रीकिकलाई क्लेयर गर्ने क्रममा क्रोयसियाका मन्जोकिकको हेडमा लागेको बल पोष्टभित्र छिरेपछि फ्रान्सले अग्रता लियो।

विश्वकप फाइनल खेलमा आत्मघाती गोल भएको यो १२औ पटक हो।

तर, खेलको २८ औ मिनेटमा क्रोयसियाका इभान पेरिसिकले गोल गर्दै बराबरी बनाए।

खेलको ३८औँ मिनेटमा भिएआर रिभ्यूको अनुसार पाएको पेनाल्टी सुटआउटमा ग्रीजम्यानले गोल गर्दै फ्रान्सको अग्रता कायम गरे।