फ्रान्स विश्वकप फुटबल २०१८ को विश्वविजेता

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

विश्वकप फुटबल २०१८ को उपाधि फ्रान्सले हात पारेको छ।

रसियाको मस्कोमा आइतबार साँझ भएको फाइनल खेलमा फ्रान्सले पहिलो पटक फाइनलमा प्रवेश गरेको क्रोयसियालाई ४ २ गोल अन्तरले पराजित गर्दै विश्वकप दोस्रो पटक चुम्न सफल भयो।

खेलको पहिलो हाफको १८ औँ मिनेटमा फ्रान्सका ग्रीजम्यानलाई डिबक्स बाहिर लडाएपछि पाएको फ्रीकिकलाई क्लेयर गर्ने क्रममा क्रोयसियाका मन्जोकिकको हेडमा लागेको बल पोष्टभित्र छिरेपछि फ्रान्सले अग्रता लियो।

विश्वकप फाइनल खेलमा आत्मघाती गोल भएको यो १२औ पटक हो।

तर, खेलको २८ औ मिनेटमा क्रोयसियाका इभान पेरिसिकले गोल गर्दै बराबरी बनाए।

खेलको ३८औँ मिनेटमा भिएआर रिभ्यूको अनुसार पाएको पेनाल्टी सुटआउटमा ग्रीजम्यानले गोल गर्दै फ्रान्सको अग्रता कायम गरे।

खेलको दोस्रो हाफमा ५९औँ मिनेटमा पोग्वाले गोल गर्दै फ्रान्सको तीन गोल बनाए। खेलको अधिकांश समय बल नियन्त्रणमा लिन र पास गर्न सफल क्रोयसियाको डिफेन्समा देखिएको कमजोरीको भरपुर फाइदा उठाउँदै फ्रान्सका किलियन एम्बाप्पेले ६५औँ मिनेटमा चौथो गोल गरे।

त्यसको चार मिनेटमा म्यान्जुभिकले दोस्रो गोल गर्दै क्रोयसियाको गोल अन्तर कम गरेपनि त्यसपछिको सयमा कुनै गोल नभएपछि फ्रान्सले उपाधि जित्न सक्यो।

यसपटकको फmाइनल खेलमा एक आत्मघाती गोल, एक भिएआरमा पेनाल्टी र अर्को कमेडी गोलसहित जम्मा ६ गोल भएको थियो।