‘मेरी मामु’को शिर्ष गीत युट्युबमा हिट (भिडियो) 

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

आशुसेन फिल्मस् प्रालिले आफ्नो चौथो व्यानरमा ‘मेरी मामु’ को यतिबेला नेपाली सिनेबजारमा निकै चर्चा कमाएको छ ।

भदौ १५ गतेबाट रिलिज हुन लागेको सुटिङदेखि नै चर्चा चुलिएको यस चलचित्रको चर्चा ‘‘मलाई माफ गरिदेउ आमा” शिर्षकको गीत सार्वजनिक भएपछि थप चुलिएको हो । निकै मार्मिक र भावुक यस गीतमा रवि मल्लको शब्द¸ कल्याण सिंहको संगीत तथा रोहित जोन क्षेत्रीको आवाज रहेको छ ।

यस गीतमा चलचित्रको मुख्य कलाकार आयुब सेनलाई फिचरिङ गरिएको छ भने कलाकार सारुक ताम्राकारलाई पनि देखाईएको छ । भिडियोमा सुनिने आमा शब्दको गीत¸ दुर्घटनाको दृश्य¸ बच्चाको रोदन अनि आक्रोश जस्ता दृश्यले चलचित्रको कथा पनि दमदार भएको अनुमान दर्शकहरुले गरेका छन् ।

शुक्रबार युट्युबमा सार्वजनिक गरिएको यस भिडियोलाई हालसम्म ५ लाख ओभर भ्यूअर पाईसकेको छ । सन्तोष सेनको निर्माण तथा याम थापाको लेखन र निर्देशन रहेको यस चलचित्रमा सारुक ताम्राकार¸ अश्लेषा ठकुरी तथा नव नायिका कुशुम गुरुङ को अभिनय रहेको छ भने यसै चलचित्रबाट निर्माता सेनका छोरा आयुब सेन मुख्य भुमिकामा डेब्यु गरेको देख्न पाइनेछ । निर्माता सेनले यसअघि निर्माण गरेका चंखे शंखे पंखे, प्रेमगीत, प्रेमगीत–२ ले सर्वा्धिक चर्चा कमाईसकेका छन् ।

 

https://www.youtube.com/watch?v=-0RS89XHMQk