Phone: +977 - 9841338823
Email: himaldainik17@gmail.com
Connect with us:

प्रधानमन्त्री ओलीलार्इ भेटियो, परिणाम भेटिएनः डा. केसी

हिमाल दैनिक
काठमाडौं, साउन २६
प्रधानमन्त्री ओलीलार्इ भेटियो, परिणाम भेटिएनः डा. केसी

चिकित्सा शिक्षा क्षेत्रको सुधारको प्रतिज्ञा गर्दै आएका त्रिभुव विश्वविद्यालय शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी आफ्ना माग तत्काल सम्बोेधन गर्न दबाब दिएका छन्।

मेडिकल शिक्षाको विषय लगायतका कतिपय राजनीतिक मुद्दासमेत जोडेर १५औं पटकसम्म आमरण अनसन बसेका केसी शनिबार अपरान्ह प्रधानमन्त्री ओलीसँग भेट्न प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए।

प्रधानमन्त्री ओेलीसँग भेटगरी फर्किएका डा. केसीका अनुसार आजको वार्तामा आफूले चाहेजस्तो परिणाम नपाएको संकेत दिए।

आलीसँगको भेटवार्तापछि पत्रकारहरुसँग कुरा गर्दैै केसीले भने, ‘प्रधानमन्त्रीसँगको वार्तामा यो भयोे, यो भयो अथवा टु प्लस टु इजइक्वेलटु फो हुन्छ नि त्यस्तो भएन। सो एनी वे भेटियो, कुरा भयो र हाम्रो कुरा राखियो। फेरि उहाँलाई रिमाइण्ड गराइयो।’

वार्ताका क्रममा केसीले आफूसँग १५औं पटकको अनसन तोड्नु अघि भएको सहमति अनुसार चिकित्सा शिक्षा विधेयक संशोधन गर्न तथा शिक्षा क्षेत्रका विषयमा भएका सहमतिको कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।

आफ्ना माग पूरा नभए पुनः अर्को चरणको अनसन बस्ने भन्दै उनले केहि दिन अघि सार्वजनिक गरेको प्रेस विज्ञप्ति समेत प्रधानमन्त्री ओलीलाई दिएका थिए।

वार्ताका क्रममा प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि नेतृत्व लिएर काम गर्न प्रस्ताव गरेका थिए। तर, केसीले आफू कुनै नेतृत्वमा नबस्ने र बरु सरकारले गर्ने कामममा बाहिरै बसेर सहयोग गर्ने आश्वासन दिएका थिए।

केसीले अाफू अाफ्नाे लक्ष्य र उद्देश्य प्रति कटिबद्द भएकाे पनि दाेहाेर्याए।

11/08/2018, 03: 56: 28 मा प्रकाशित
184 पटक पढीएको

राजनीति

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को चालिसौँ बैठकमा भाग लिने पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ जेनेभातर्फ प्रस्थान गर्नुभयो । यही फागुन १३ गते हुने परिषद्को उद्घाटन सत्रमा उहाँ सहभागी हुने तथा १४ गते परिषद् बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । हाल नेपाल राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को […]

बिचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आफ्नो पदबाट राजीनामा दिए। देशको सबैभन्दा शक्तिशाली संवैधानिक निकायका पदाधिकारीले नै संस्थाको नामबाट अनुसन्धान शब्द नै गायव हुनेगरी (अख्तियार दुरुपयोग आयोग)को नाम छोटो र त्यो निकायलाई खोटो बनाउँदै आफ्नो खल्ति मोटो (घुस लिएको) बनाएको आरोप लागेका पाठकले पदबाट राजीनामा दिए। नेपाल इन्जिनियरिङ कलेजको […]

प्रवास

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनकाबीच बिहीबार कुराकानी भएको छ । रुसको राजधानी मस्कोमा हुने भनिएको दुई नेताको बैठक स्थगित भएको एक दिनपछि उहाँहरुका बीचमा टेलिफोन कुराकानी भएको हो । “उहाँहरुले निकट भविश्यमा आफुहरुको भेटवार्ता रुसमै गर्ने सहमति गर्नुभएको छ,” इजरायलको सरकारी निकायद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । उनिहरुका बीचमा क्षेत्रीय […]

अन्तर्वार्ता

वर्तमान सरकार र यसको नेतृत्वले आजदेखि ‘नयाँ युगको शुभारम्भ’ को नारा दिएर सामाजिक सुरक्षा कार्यक्रमको ब्यापक प्रचारवाजी गरेको छ। तर, सामाजिक सुरक्षा कोषको स्थापनाका लागि पहिलो संविधानसभा निर्वाचन लगत्तै बनेको तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादीका नेता बाबुराम भट्टराईको सबैभन्दा ठूलो योगदान छ। उनी अर्थमन्त्री भएकै बेला योगदानमा आधारित सामाजिक सुरक्षा कोषको अवधारणा सुरू गरेलगत्तै उक्त […]

ललितपुरको नख्खुस्थित एनसेल कार्यालय नजिक पुगेपछि सिमप्रसाद गुरुङ बा२०च १०३२ नम्बरको आफ्नो गाडी साइड लगाएर सडकमा फ्याँकिएको वस्तु हेर्न झरे। दुर्भाग्य, उनी शंकास्पद वस्तु नजिक नपुग्दै विस्फोट भयो। उनको शरीरको केही भाग छुट्टियो। घटना शुक्रबार राति आठ बजेतिरको हो। भैंसेपाटी बस्दै आएका गुरुङ साथीहरुसँग भेटघाट गरी घर फर्कंदै गर्दा प्रेसर बम विस्फोटमा परेका थिए। घटनास्थलमा […]

लोकप्रिय

दलित बालकले कथित उपल्लो जातको बालकको शरीर छोएको निहुँमा सिरहामा डोम आमाछोरी कुटिएको घटना प्रहरीले नै दबाउन खोजेको छ। छिमेकी अयोधी सदाय, सकल सदाय र विरोधी महतोले लहान नगरपालिका–१८ का ललिता मरिक र उनकी छोरी अमिरकालाई घरमै गएर कुटपिट गरेका हुन्। प्रहरीले दोषीलाई कारबाही गर्नुको सट्टा उल्टै मिलापत्र गर्न दबाब दिएको हो। यो खबर आजको नयाँ […]