Phone: +977 - 9841338823
Email: himaldainik17@gmail.com
Connect with us:

सुरक्षित मातृत्वसम्बन्धी विधेयक सर्वसम्मतिले स्वीकृत

काठमाडौँ, ३० साउन
सुरक्षित मातृत्वसम्बन्धी विधेयक सर्वसम्मतिले स्वीकृत

प्रतिनिधिसभाको आजको बैठकले ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, २०७५ माथि विचार गरियोस् ’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सो प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । विधेयकको सैद्धान्तिक पक्षमा आफ्ना अभिमत प्रस्तुत गर्दै सांसदले प्रजनन स्वास्थ्यका अधिकार कार्यान्वयन गर्ने संरचना तयार नभएकामा गुनासो गर्नुभयो । उहाँहरुले एक हजार जनसङ्ख्या भएका स्थानमा कम्तीमा एक चिकित्सकको व्यवस्था हुनुपर्ने सुझाव दिँदै शिक्षा र स्वास्थ्य निःशुल्क भए मात्र सुरक्षित मातृत्व तथा प्रजनन अधिकार कार्यान्वयन हुन सक्ने बताउनुभयो ।

उहाँहरूले शिक्षा र स्वास्थ्य क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन नहुने, कृषि र घरेलु क्षेत्रमा काम गर्ने महिलालाई पनि प्रसूतिका बेला बिदाको व्यवस्था गर्नुपर्ने तथा गरीबलाई पोषणयुक्त खाद्य पदार्थको प्रबन्ध गर्नुपर्ने माग गर्नुभयो ।

उक्त विधेयकमाथिको सैद्धान्तिक पक्षमा कृष्णभक्त पोखरेल, पुष्पा भुसाल, प्रेम सुवाल, दुर्गा पौडेल, भरतकुमार शाह, शशी श्रेष्ठ, पूर्णाकुमारी सुवेदी, गगनकुमार थापा, डिला सङ्ग्रौला, अञ्जना विशंखे, मनकुमारी जिसी, तुलसी थापा, सूर्यप्रसाद पाठक र दुर्गाकुमारी विकले मन्तव्य राख्नुभएको थियो ।

उक्त विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले आमा र शिशुको स्वास्थ्यलाई केन्द्रमा राखेर विधेयक सदनमा प्रस्तुत गरिएको स्पष्ट गर्नुभयो । विधेयकबाट गर्भपतन र जन्म नियन्त्रणमा मद्दत पुग्नाका साथै मातृशिशु मृत्युदर घटाउन सहयोग हुने बताउँदै उहाँले स्थानीय तहका प्रत्येक वडामा आधारभूत स्वास्थ्य केन्द्र र प्रसूति केन्द्र स्थापना हुने जानकारी दिनुभयो ।  रासस

15/08/2018, 03: 33: 56 मा प्रकाशित
146 पटक पढीएको

राजनीति

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को चालिसौँ बैठकमा भाग लिने पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ जेनेभातर्फ प्रस्थान गर्नुभयो । यही फागुन १३ गते हुने परिषद्को उद्घाटन सत्रमा उहाँ सहभागी हुने तथा १४ गते परिषद् बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । हाल नेपाल राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को […]

बिचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आफ्नो पदबाट राजीनामा दिए। देशको सबैभन्दा शक्तिशाली संवैधानिक निकायका पदाधिकारीले नै संस्थाको नामबाट अनुसन्धान शब्द नै गायव हुनेगरी (अख्तियार दुरुपयोग आयोग)को नाम छोटो र त्यो निकायलाई खोटो बनाउँदै आफ्नो खल्ति मोटो (घुस लिएको) बनाएको आरोप लागेका पाठकले पदबाट राजीनामा दिए। नेपाल इन्जिनियरिङ कलेजको […]

प्रवास

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनकाबीच बिहीबार कुराकानी भएको छ । रुसको राजधानी मस्कोमा हुने भनिएको दुई नेताको बैठक स्थगित भएको एक दिनपछि उहाँहरुका बीचमा टेलिफोन कुराकानी भएको हो । “उहाँहरुले निकट भविश्यमा आफुहरुको भेटवार्ता रुसमै गर्ने सहमति गर्नुभएको छ,” इजरायलको सरकारी निकायद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । उनिहरुका बीचमा क्षेत्रीय […]

अन्तर्वार्ता

वर्तमान सरकार र यसको नेतृत्वले आजदेखि ‘नयाँ युगको शुभारम्भ’ को नारा दिएर सामाजिक सुरक्षा कार्यक्रमको ब्यापक प्रचारवाजी गरेको छ। तर, सामाजिक सुरक्षा कोषको स्थापनाका लागि पहिलो संविधानसभा निर्वाचन लगत्तै बनेको तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादीका नेता बाबुराम भट्टराईको सबैभन्दा ठूलो योगदान छ। उनी अर्थमन्त्री भएकै बेला योगदानमा आधारित सामाजिक सुरक्षा कोषको अवधारणा सुरू गरेलगत्तै उक्त […]

ललितपुरको नख्खुस्थित एनसेल कार्यालय नजिक पुगेपछि सिमप्रसाद गुरुङ बा२०च १०३२ नम्बरको आफ्नो गाडी साइड लगाएर सडकमा फ्याँकिएको वस्तु हेर्न झरे। दुर्भाग्य, उनी शंकास्पद वस्तु नजिक नपुग्दै विस्फोट भयो। उनको शरीरको केही भाग छुट्टियो। घटना शुक्रबार राति आठ बजेतिरको हो। भैंसेपाटी बस्दै आएका गुरुङ साथीहरुसँग भेटघाट गरी घर फर्कंदै गर्दा प्रेसर बम विस्फोटमा परेका थिए। घटनास्थलमा […]

लोकप्रिय

दलित बालकले कथित उपल्लो जातको बालकको शरीर छोएको निहुँमा सिरहामा डोम आमाछोरी कुटिएको घटना प्रहरीले नै दबाउन खोजेको छ। छिमेकी अयोधी सदाय, सकल सदाय र विरोधी महतोले लहान नगरपालिका–१८ का ललिता मरिक र उनकी छोरी अमिरकालाई घरमै गएर कुटपिट गरेका हुन्। प्रहरीले दोषीलाई कारबाही गर्नुको सट्टा उल्टै मिलापत्र गर्न दबाब दिएको हो। यो खबर आजको नयाँ […]