Phone: +977 - 9841338823
Email: himaldainik17@gmail.com
Connect with us:

दुर्घटनामा धेरै दुइपाङ्ग्रे चालकको मृत्यु

काठमाडौँ, ३१ साउन
दुर्घटनामा धेरै दुइपाङ्ग्रे चालकको मृत्यु

काठमाडौँ उपत्यकामा सवारी साधनको दुर्घटनामध्ये मोटरसाइकल र स्कुटर चालकको धेरै ज्यान जाने गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष ०७४÷७५ मा मोटरसाइकल र स्कुटर दुर्घटनामा १११ जनाको ज्यान गएको छ । सो अवधिमा १४७ पुरुष र ४७ महिलाको ज्यान गएको थियो ।

“मोटरसाइकल तीव्र गतिमा चलाउँदा कन्ट्रोल गर्न नसकी पल्टिने गरेको छ,” महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले भन्नुभयो । यस्तै पैदलयात्रु ६३, ट्रक चार, साइकल तीन, बस आठ, टेम्पो एक र कार दुर्घटनामा चार जनाको ज्यान गएको थियो ।

आव ०७३÷७४ मा उपत्यकामा सवारी दुर्घटनामा १८२ जनाको मृत्यु भएकामा पैदलयात्रु ७९, मोटरसाइकल तथा स्कुटर दुर्घटनामा ७७, ट्रक दुर्घटना चार, बस दुर्घटना सात, टेम्पो दुर्घटनामा एक र कार दुर्घटनामा नौजनाको मृत्यु भएको थियो । आव ०७३÷७४ मा पैदलयात्रुको धेरै मृत्यु भएपछि महाशाखाले पैदलयात्रुलाई लक्षित गरी सडकमै विशेष कक्षा सञ्चालन गरेपछि पैदलयात्रु मर्नेको सङ्ख्यामा कमी आएको हो ।

उपत्यकामा मात्र आव ०७४÷७५ मा ११ हजार ५०७ दुर्घटना भएकामा एक हजार ५८० ट्रक, एक हजार ३२७ बस, ४१० माइक्रो, तीन हजार ८९० कार, भ्यान, जीप, चार हजार ४६ मोटरसाइकल, स्कुटर, १०३ टेम्पो परेका थिए । रासस

16/08/2018, 11: 40: 09 मा प्रकाशित
40 पटक पढीएको
"> advertisement

राजनीति

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवलाई जिल्ला तहको एकीकरण गर्ने जिम्मा दिएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष परिपत्र जारी गर्दै प्रदेश कमिटीले पूर्णता नपाउँदासम्मका लागि उहाँहरुलाई नियमित बैठक राखेर जिल्ला तहको एकीकरण गर्ने जिम्मा दिइएको उल्लेख गरिएको छ । प्रदेश […]

बिचार

गत मंसिरमा सम्पन्न आम निर्वाचनको क्रममा नेपाली कांग्रेसले एउटा चुनावी अभियान चलाएको थियो। अधिनायकवादको अवधारणा त्यस चुनावी अभियानको केन्द्र भागमा थियो। लामो संघर्षपछि संविधानसभाको माध्यमबाट २०७२ मा वर्तमान संविधान जारी भएको हो। यो संविधान बमोजिम भएको पहिलो चुनावमा नेपाली कांग्रेसले अधिनायकवादको कुरा उठायो। चुनावको परिणाम हेर्दा कांग्रेसले उठाएको अधिनायकवादको नारा (हौवा) मतदाताले पत्याए जस्तो छैन। […]

प्रवास

जापानका लागि नेपाली राजदुत प्रतिभा राणाले तीनै तहको चुनाव सम्पन्न भएर नयाँ सरकार गठन भएसँगै नेपालमा राजनीतिक स्थायित्व स्थापित भएको भन्दै नेपालमा लगानी गर्न जापानका लगानीकताहरूलार्इ आग्रह गरेकी छिन्। संविधान दिवशको उपलक्ष्यमा टोकियोस्थित नेपाली दुतावासले आयोजना गरेको कार्यक्रममा जापानी सरकारका प्रतिनिधि, उद्योगी, व्यापारी तथा विभिन्न पेशा र व्यवशासयमा संलग्न नेपाली समुदायलाई नेपालमा लगानीमैत्री वातावरण भएको […]

अन्तर्वार्ता

नेपाली कांग्रेसमा महाधिवेशन सम्पन्न भएको करिब २६ महिनापछि सभापति शेरबहादुर देउवाले उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा क्रमशः विमलेन्द्र निधि, पूर्णबहादुर खड्का र प्रकाशशरण महतलाई चयन गरेका छन्। पार्टीभित्र सहमतिको प्रयास विफल भएपछि देउवाको प्रस्तावलाई निर्वाचित केन्द्रीय सदस्यहरुको बहुमतले अनुमोदन गर्‍यो। असन्तुष्ट पक्षले पदाधिकारी पदपूर्तिको विषयमा भागवण्डा नमिलेपछि विधानको विषय उठाएर विरोध जनाएका छन्। नवनियुक्त उपसभापति निधिले […]

नागरिकहरुमा सरकारको कार्यशैलीप्रति निराशा बढेपछि प्रधानमन्त्री केपी ओलीले सरकारका केही मन्त्रीहरु फेर्नका लागि गृहकार्य अगाडि बढाएका छन्। पूर्व माओवादी केन्द्रबाट गृह मन्त्री भएका रामबहादुर थापा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्नकालागि प्रधानमन्त्री ओलीले प्रचण्डको साथ खोजेका छन्। यो खबर आजको समाचारपत्र दैनिकमा मधुसूधन रायमाझीले लेखेका छन्। प्रचण्डको सहमति लिएर […]

लोकप्रिय

रत्नराज्य क्याम्पसमा स्नातक तहमा अध्ययनरत रौतहटकी सीमा वस्नेतले बुधबार आफ्नो फेसबुक स्टाटसमा लेखिन, ‘जिउँदै जलाउनु पर्ने। मैले अस्पतालको शैयामा भेट्दा खुब नाटक गर्ने, थुक्क पापी त्यतिखेर थाहा पाएको भए अस्पतालमै लास बनाएर सिधै जेल जान्थेँ बरु।’ नेपालको कानुन अनुसार जुनसुकै अपराधमा संलग्न अपराधीलाई पनि कानुन बमोजिम दण्ड र जेल सजाय भएपनि मार्न भने पाइँदैन। तर, […]