Phone: +977 - 9841338823
Email: himaldainik17@gmail.com
Connect with us:

वामदेव डोल्पा जाने बाटो बन्द, डोल्पाली सांसद धनबहादुर बुढाले राजीनामा नदिने

वामदेव डोल्पा जाने बाटो बन्द, डोल्पाली सांसद धनबहादुर बुढाले राजीनामा नदिने

डोल्पाका निर्वाचित सांसदलाई राजीनामा दिन लगाएर उपनिर्वाचनमार्फत संसद्मा आउने नेकपाका नेता वामदेव गौतमको योजनामा तुषारापात भएको छ।

पर्यटन राज्यमन्त्रीसमेत रहेका डोल्पाका सांसद धनबहादुर बुढाले राजीनामा दिन अस्वीकार गरेका छन्।

सांसद बुढा सुरुमा राजीनामा दिएर वामदेवका लागि ठाउँ खाली गर्न सकारात्मक देखिएका थिए। उनी ‘वामदेवको पक्षमा माहोल बनाउने’ भन्दै जिल्ला पनि गएका थिए।

तर, काठमाडौं फर्केपछि उनी ‘मतदाताको दबाबका कारण’ राजीनामा नदिने निष्कर्षमा पुगेका छन्। यो खबर आजको नयाँ पत्रिका दैनिकमा विरेन्द्र ओली र योगेश ढकालले लेखेका छन्।

पछिल्लो समय बुढाले राजीनामा दिनैपरे पनि फागुन–चैततिर मात्रै उपयुक्त वातावरण बन्ने सुनाउन थालेको नेकपाका एक नेताले बताए। त्यतिखेरसम्म पार्टी कमिटीसँगै जनवर्गीय संगठनको पनि एकता भइसक्ने भएकाले निर्वाचन जित्न सजिलो हुने उनको तर्क छ।

जिल्ला घुमेपछि किन फेरियो मन?
७ देखि १४ भदौसम्म जिल्ला घुमेका बुढाले मतदातासँग साक्षात्कार गर्दै भदौ दोस्रो साता सांसद पदबाट राजीनामा दिने घोषणा पनि गरेका थिए । तर, मतदाताले उनलाई राजीनामा नदिन दबाब दिए।

काठमाडौंमा रहेका डोल्पाली युवाले पत्रकार सम्मेलन नै गरेर राजीनामा नदिन थप दबाब दिए । उनीहरूले राजीनामा दिए मत बहिष्कार गर्नेसम्मको धम्की दिएपछि बुढा पछि हटे।

सांसद बुढाले डोल्पामा त्रिपुरासुन्दरी र ठूलोभेरी नगरपालिका क्षेत्रका कार्यकर्तासँग धेरै छलफल गरे । माथिल्लो डोल्पाका आफ्ना पार्टीनिकट जनप्रतिनिधिलाई दुनैमा बोलाएर छलफल गरे।

दुई नगरपालिकाका धेरै मतदाता भएको क्षेत्रमै पुगेर अन्तत्र्रिmया गरे । दुवै नगरपालिका प्रमुख तत्कालीन एमालेबाट विजयी भएकाले बुढाले माहोल बनाउन बल गरेका थिए । तर, मतदाताले राजीनामा नदिन सुझाब दिए ।

ठूलोभेरी नगरपालिकाको केन्द्र कहाँ राख्ने भन्ने विषयमा अहिले पनि विवाद छ । ठूलोभेरी नगरपालिकाको केन्द्र पहिला दुनैमा थियो, पछि नगरपरिषद्ले निर्णय गरी जुफालमा सारेको छ । पछिल्लो समय केन्द्र कहाँ राख्ने भन्ने विषयमा जनता विभाजित छन् । त्यसैले निर्वाचनमा प्रतिकूल असर पार्ने सम्भावना पनि थियो।

बुढा डोल्पाबाट दोस्रोपटक भारी मतसहित विजयी भएका थिए । प्रतिनिधिसभा निर्वाचनमा उनले ११ हजार सात सय ६१ मत ल्याएका थिए । उनका प्रतिद्वन्द्वी कांग्रेसका अंगतकुमार बुढाले तीन हजार एक सय ६७ मत पाएका थिए ।

यति लोकप्रिय मत पाएर विजयी भएका बुढा अर्कोपटक निर्वाचन लड्न गाह्रो हुने भएकाले पनि राजीनामा नदिने निष्कर्षमा पुगेको अनुमान पनि गरिएको छ।

पार्टीभित्रै अन्तर्विरोध
बुढालाई राजीनामा गराएर वामदेवलाई सांसद बनाउने विषयमा पार्टीभित्रै पनि अन्तर्विरोध छ । सुरुमा अध्यक्ष प्रचण्डसहितका केही नेताहरूले वामदेवलाई संसद्मा भित्र्याउने अभियान थाले । त्यसमा अर्का अध्यक्ष केपी ओलीले पनि सहमति जनाए।

दुवै अध्यक्ष सकारात्मक देखिएपछि नै बुढा जिल्ला गएका थिए । वामदेव उपनिर्वाचनबाट निर्वाचित भएपछि बुढालाई दुई वर्षभित्रै राष्ट्रिय सभामा ल्याएर मन्त्री बनाउने आश्वासन दिइएको थियो।

तर, पछिल्लो समय वामदेवलाई सांसद बनाउने विषयमा ओलीले रुचि देखाएका छैनन्। उनले उपनिर्वाचनबाट वामदेवलाई सांसद बनाउनुपर्ने प्रस्ट आधारहरू हुनुपर्ने बताउने गरेका छन्।

11/09/2018, 05: 05: 31 मा प्रकाशित
91 पटक पढीएको

राजनीति

निर्धारित मितिमै हुन्छ वा हुन्न भन्ने अन्यौलतालाई चिर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई महासमिति बैठकको चटारोले झपक्कै छोपेको छ। आजदेखि काठमाडौंमा हुने भनिएको महासमिति बैठकमा सहभागी हुन देशभरीबाट आएका महासमिति सदस्यहरुको भिडले पार्टी मुख्यालय सानेपा भरिभराउ थियो। गत निर्वाचनमा देशभरी पराजयको पिडाले विच्छिप्त भएका कांग्रेस नेता कार्यकर्ता पार्टी कार्यालयमा पुगेर देशभरीका नेता कार्यकर्तासँग एकआपसमा भेटघाट […]

बिचार

विधान मस्यौदा समितिले दुई वटा विषयमा राम्रो प्रस्ताव ल्याएको छ। पहिलो, यसले पार्टीका विभागको व्यवस्थापनसँगै अनुसन्धानमुखी बनाएर उनीहरूका गतिविधिहरूलाई पार्टीको नीति निर्माण प्रक्रियामा जोड्ने काम भएको छ। दोस्रो, पार्टीको संरचनालाई तल्लो तहसम्म विस्तार गर्न टोल समितिको अवधारणा अघि सारिएको छ। अबको कांग्रेसको संगठन विस्तारको केन्द्र टोल/टोल र माध्यमिक विद्यालय तथा कलेजलाई नै बनाउनुपर्छ। मुलुकमा जारी […]

प्रवास

भारतको पाँच राज्यमा भएको विधान सभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदी र उनको दल भारतीय जनता पार्टी (भाजपा)ले अनपेक्षित पराजय व्यहोर्नु पर्ने भएको छ। हिन्दी हार्टल्याण्डको रुपमा परिचित मध्यप्रदेश, राजस्थान, छत्तिसगढ, तेलंगना र मिजोराममा गतसाता सम्पन्न विधान सभा निर्वाचनको प्रारम्भिक मतगणनामा प्रधानमन्त्री मोदीको पार्टी र त्यसको नेतृत्वमा रहेको महागठबन्धन पराजित हुने लगभग पक्का भएको छ। सन […]

अन्तर्वार्ता

वर्तमान सरकार र यसको नेतृत्वले आजदेखि ‘नयाँ युगको शुभारम्भ’ को नारा दिएर सामाजिक सुरक्षा कार्यक्रमको ब्यापक प्रचारवाजी गरेको छ। तर, सामाजिक सुरक्षा कोषको स्थापनाका लागि पहिलो संविधानसभा निर्वाचन लगत्तै बनेको तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादीका नेता बाबुराम भट्टराईको सबैभन्दा ठूलो योगदान छ। उनी अर्थमन्त्री भएकै बेला योगदानमा आधारित सामाजिक सुरक्षा कोषको अवधारणा सुरू गरेलगत्तै उक्त […]

सविता खत्रीको उमेर १२ वर्ष मात्र भयो। उनी खलंगाको त्रिभुवन माविमा कक्षा ६ पढ्दै थिइन्। तिनै सविताले बिहे गरेको खबर सुनेर उनका शिक्षक र साथीहरू अचम्मित भए। तर जाजरकोटमा बालविवाह विरलै हुने घटना होइन। यस जिल्लामा ७४ प्रतिशतले उमेर नपुग्दै घरजम गर्छन्। जसले गर्दा पढाइ छोड्ने र सम्बन्धविच्छेद गर्नेको संख्या बढिरहेको छ। आजको अन्नपूर्ण पोष्टमा […]

लोकप्रिय

निर्धारित मितिमै हुन्छ वा हुन्न भन्ने अन्यौलतालाई चिर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई महासमिति बैठकको चटारोले झपक्कै छोपेको छ। आजदेखि काठमाडौंमा हुने भनिएको महासमिति बैठकमा सहभागी हुन देशभरीबाट आएका महासमिति सदस्यहरुको भिडले पार्टी मुख्यालय सानेपा भरिभराउ थियो। गत निर्वाचनमा देशभरी पराजयको पिडाले विच्छिप्त भएका कांग्रेस नेता कार्यकर्ता पार्टी कार्यालयमा पुगेर देशभरीका नेता कार्यकर्तासँग एकआपसमा भेटघाट […]