Phone: +977 - 9841338823
Email: himaldainik17@gmail.com
Connect with us:

वामदेव डोल्पा जाने बाटो बन्द, डोल्पाली सांसद धनबहादुर बुढाले राजीनामा नदिने

वामदेव डोल्पा जाने बाटो बन्द, डोल्पाली सांसद धनबहादुर बुढाले राजीनामा नदिने

डोल्पाका निर्वाचित सांसदलाई राजीनामा दिन लगाएर उपनिर्वाचनमार्फत संसद्मा आउने नेकपाका नेता वामदेव गौतमको योजनामा तुषारापात भएको छ।

पर्यटन राज्यमन्त्रीसमेत रहेका डोल्पाका सांसद धनबहादुर बुढाले राजीनामा दिन अस्वीकार गरेका छन्।

सांसद बुढा सुरुमा राजीनामा दिएर वामदेवका लागि ठाउँ खाली गर्न सकारात्मक देखिएका थिए। उनी ‘वामदेवको पक्षमा माहोल बनाउने’ भन्दै जिल्ला पनि गएका थिए।

तर, काठमाडौं फर्केपछि उनी ‘मतदाताको दबाबका कारण’ राजीनामा नदिने निष्कर्षमा पुगेका छन्। यो खबर आजको नयाँ पत्रिका दैनिकमा विरेन्द्र ओली र योगेश ढकालले लेखेका छन्।

पछिल्लो समय बुढाले राजीनामा दिनैपरे पनि फागुन–चैततिर मात्रै उपयुक्त वातावरण बन्ने सुनाउन थालेको नेकपाका एक नेताले बताए। त्यतिखेरसम्म पार्टी कमिटीसँगै जनवर्गीय संगठनको पनि एकता भइसक्ने भएकाले निर्वाचन जित्न सजिलो हुने उनको तर्क छ।

जिल्ला घुमेपछि किन फेरियो मन?
७ देखि १४ भदौसम्म जिल्ला घुमेका बुढाले मतदातासँग साक्षात्कार गर्दै भदौ दोस्रो साता सांसद पदबाट राजीनामा दिने घोषणा पनि गरेका थिए । तर, मतदाताले उनलाई राजीनामा नदिन दबाब दिए।

काठमाडौंमा रहेका डोल्पाली युवाले पत्रकार सम्मेलन नै गरेर राजीनामा नदिन थप दबाब दिए । उनीहरूले राजीनामा दिए मत बहिष्कार गर्नेसम्मको धम्की दिएपछि बुढा पछि हटे।

सांसद बुढाले डोल्पामा त्रिपुरासुन्दरी र ठूलोभेरी नगरपालिका क्षेत्रका कार्यकर्तासँग धेरै छलफल गरे । माथिल्लो डोल्पाका आफ्ना पार्टीनिकट जनप्रतिनिधिलाई दुनैमा बोलाएर छलफल गरे।

दुई नगरपालिकाका धेरै मतदाता भएको क्षेत्रमै पुगेर अन्तत्र्रिmया गरे । दुवै नगरपालिका प्रमुख तत्कालीन एमालेबाट विजयी भएकाले बुढाले माहोल बनाउन बल गरेका थिए । तर, मतदाताले राजीनामा नदिन सुझाब दिए ।

ठूलोभेरी नगरपालिकाको केन्द्र कहाँ राख्ने भन्ने विषयमा अहिले पनि विवाद छ । ठूलोभेरी नगरपालिकाको केन्द्र पहिला दुनैमा थियो, पछि नगरपरिषद्ले निर्णय गरी जुफालमा सारेको छ । पछिल्लो समय केन्द्र कहाँ राख्ने भन्ने विषयमा जनता विभाजित छन् । त्यसैले निर्वाचनमा प्रतिकूल असर पार्ने सम्भावना पनि थियो।

बुढा डोल्पाबाट दोस्रोपटक भारी मतसहित विजयी भएका थिए । प्रतिनिधिसभा निर्वाचनमा उनले ११ हजार सात सय ६१ मत ल्याएका थिए । उनका प्रतिद्वन्द्वी कांग्रेसका अंगतकुमार बुढाले तीन हजार एक सय ६७ मत पाएका थिए ।

यति लोकप्रिय मत पाएर विजयी भएका बुढा अर्कोपटक निर्वाचन लड्न गाह्रो हुने भएकाले पनि राजीनामा नदिने निष्कर्षमा पुगेको अनुमान पनि गरिएको छ।

पार्टीभित्रै अन्तर्विरोध
बुढालाई राजीनामा गराएर वामदेवलाई सांसद बनाउने विषयमा पार्टीभित्रै पनि अन्तर्विरोध छ । सुरुमा अध्यक्ष प्रचण्डसहितका केही नेताहरूले वामदेवलाई संसद्मा भित्र्याउने अभियान थाले । त्यसमा अर्का अध्यक्ष केपी ओलीले पनि सहमति जनाए।

दुवै अध्यक्ष सकारात्मक देखिएपछि नै बुढा जिल्ला गएका थिए । वामदेव उपनिर्वाचनबाट निर्वाचित भएपछि बुढालाई दुई वर्षभित्रै राष्ट्रिय सभामा ल्याएर मन्त्री बनाउने आश्वासन दिइएको थियो।

तर, पछिल्लो समय वामदेवलाई सांसद बनाउने विषयमा ओलीले रुचि देखाएका छैनन्। उनले उपनिर्वाचनबाट वामदेवलाई सांसद बनाउनुपर्ने प्रस्ट आधारहरू हुनुपर्ने बताउने गरेका छन्।

11/09/2018, 05: 05: 31 मा प्रकाशित
119 पटक पढीएको

राजनीति

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को चालिसौँ बैठकमा भाग लिने पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ जेनेभातर्फ प्रस्थान गर्नुभयो । यही फागुन १३ गते हुने परिषद्को उद्घाटन सत्रमा उहाँ सहभागी हुने तथा १४ गते परिषद् बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । हाल नेपाल राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को […]

बिचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आफ्नो पदबाट राजीनामा दिए। देशको सबैभन्दा शक्तिशाली संवैधानिक निकायका पदाधिकारीले नै संस्थाको नामबाट अनुसन्धान शब्द नै गायव हुनेगरी (अख्तियार दुरुपयोग आयोग)को नाम छोटो र त्यो निकायलाई खोटो बनाउँदै आफ्नो खल्ति मोटो (घुस लिएको) बनाएको आरोप लागेका पाठकले पदबाट राजीनामा दिए। नेपाल इन्जिनियरिङ कलेजको […]

प्रवास

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनकाबीच बिहीबार कुराकानी भएको छ । रुसको राजधानी मस्कोमा हुने भनिएको दुई नेताको बैठक स्थगित भएको एक दिनपछि उहाँहरुका बीचमा टेलिफोन कुराकानी भएको हो । “उहाँहरुले निकट भविश्यमा आफुहरुको भेटवार्ता रुसमै गर्ने सहमति गर्नुभएको छ,” इजरायलको सरकारी निकायद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । उनिहरुका बीचमा क्षेत्रीय […]

अन्तर्वार्ता

वर्तमान सरकार र यसको नेतृत्वले आजदेखि ‘नयाँ युगको शुभारम्भ’ को नारा दिएर सामाजिक सुरक्षा कार्यक्रमको ब्यापक प्रचारवाजी गरेको छ। तर, सामाजिक सुरक्षा कोषको स्थापनाका लागि पहिलो संविधानसभा निर्वाचन लगत्तै बनेको तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादीका नेता बाबुराम भट्टराईको सबैभन्दा ठूलो योगदान छ। उनी अर्थमन्त्री भएकै बेला योगदानमा आधारित सामाजिक सुरक्षा कोषको अवधारणा सुरू गरेलगत्तै उक्त […]

ललितपुरको नख्खुस्थित एनसेल कार्यालय नजिक पुगेपछि सिमप्रसाद गुरुङ बा२०च १०३२ नम्बरको आफ्नो गाडी साइड लगाएर सडकमा फ्याँकिएको वस्तु हेर्न झरे। दुर्भाग्य, उनी शंकास्पद वस्तु नजिक नपुग्दै विस्फोट भयो। उनको शरीरको केही भाग छुट्टियो। घटना शुक्रबार राति आठ बजेतिरको हो। भैंसेपाटी बस्दै आएका गुरुङ साथीहरुसँग भेटघाट गरी घर फर्कंदै गर्दा प्रेसर बम विस्फोटमा परेका थिए। घटनास्थलमा […]

लोकप्रिय

दलित बालकले कथित उपल्लो जातको बालकको शरीर छोएको निहुँमा सिरहामा डोम आमाछोरी कुटिएको घटना प्रहरीले नै दबाउन खोजेको छ। छिमेकी अयोधी सदाय, सकल सदाय र विरोधी महतोले लहान नगरपालिका–१८ का ललिता मरिक र उनकी छोरी अमिरकालाई घरमै गएर कुटपिट गरेका हुन्। प्रहरीले दोषीलाई कारबाही गर्नुको सट्टा उल्टै मिलापत्र गर्न दबाब दिएको हो। यो खबर आजको नयाँ […]