Phone: +977 - 9841338823
Email: himaldainik17@gmail.com
Connect with us:

निर्मला बलात्कार र हत्या प्रकरणः छानबिन समितिकै सदस्यले नै उठाए छानविन प्रति प्रश्न

निर्मला बलात्कार र हत्या प्रकरणः छानबिन समितिकै सदस्यले नै उठाए छानविन प्रति प्रश्न

जारी छानबिनले निर्मलालाई न्याय दिन नसक्ने उपसचिवको ठहर कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिका सदस्य वीरेन्द्र केसीले राजीनामा दिएका छन् ।

१५ दिनको म्याद पाएको समितिको म्याद फेरि १५ दिन थपिएपछि उनले असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् । समितिमा प्रतिनिधित्व गर्ने पाँचजनामध्ये केसी मात्रै न्याय सेवाका अधिकारी हुन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा पुष्प ढुंगानाले लेखेका छन्।

समितिमा एकजना गृह मन्त्रालयका सहसचिव र तीनजना सुरक्षाकर्मी छन् । समितिले रातदिन काम गरेर थुप्रै मान्छेको बयान र स्थलगत प्रमाण संकलन गरिसकेकाले समितिको म्याद थप्नै नहुने उनको अडान थियो ।
प्रहरीले दिलीपसिंह विष्ट र बम दिदीबहिनीलाई थुनामा राखेको छ । तर, छानबिनका क्रममा संकलन भएका तथ्यले वास्तविक अपराधी थुनाबाहिरै रहेको र यो प्रक्रिया लम्बिँदा उनीहरू उम्किन सक्ने तर्क उनले समितिमा राख्दै आएका थिए ।

समितिमा रहेका एक सुरक्षाकर्मीका अनुसार छानबिनका लागि थप समय माग्ने विषयमा केसीले विरोध गरेका थिए । वास्तविक अपराधी बलिया भएकाले प्रमाण पनि मेटाउन सक्ने भन्दै केसीले १५ दिनभित्र प्रतिवेदन दिनुपर्नेमा जोड दिएका थिए । तर, प्रतिवेदन नै लेख्न ढिला गर्ने र प्रमाण मेटाउन सहयोग गर्ने छानबिनमा आफू बस्न नसक्ने भन्दै उनले राजीनामा दिएका छन् ।

प्रहरी अनुसन्धानमा मात्र होइन, संकलित डिएनए नमुनामाथि प्रश्न
अपराधी पत्ता लगाउन प्रहरीले डिएनए परीक्षणको रिपोर्ट पर्खिरहेको छ । नमुना प्रहरीको प्रयोगशाला र राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा पठाइएको छ ।

तर, प्रहरीले कसरी नमुना संकलन ग(यो भन्ने विषयमा केसीले छानबिन समितिमा आशंका व्यक्त गरेका थिए । हुन पनि शव भेटिएकै दिन खिचिएको भिडियोले डिएनए नमुना संकलनमा प्रश्न उठाएको छ । जब निर्मलाको शव उखुबारीमा भेटियो, स्थानीय सर्वसाधारणकै बीचमा प्रहरीले मुचुल्का उठायो ।

शवको छेउमै भएको सुरुवाल उठाएर एक महिला प्रहरीले पानीमा चोबलिन् र निर्मलाको शरीर ढाकिदिइन् । यसो गर्न उनलाई छेउमै उभिएका प्रहरी अधिकृतले आदेश दिएका थिए । उनीहरूले बालिकाको नग्न शरीर ढाकिदिने मनसायले यसो गरेका हुन सक्छन् ।

तर, सुरुवाल पानीमा पखाल्दा अपराधीको डिएनए पनि प्रभावित भएको हुन सक्छ । यति ठूलो अपराधको अनुसन्धानमा यस्ता कडी महत्वपूर्ण हुन्छन् भन्ने सामान्य चेतना पनि प्रहरीलाई नहुनु आश्चर्यजनक हो । यो भावनामा भएको थियो अथवा योजनाबद्ध भन्नेमा प्रश्न छ ।

त्यसमाथि प्रहरीको नियतमाथि नै शंका छ । किनकि प्रहरीले दीपक नेगी र जीवन घर्तीमगरलाई मात्र होइन, स्थानीय किशोरी हेमन्ती भट्टलाई पनि यातना दिएर दोषी साबित गर्न खोजेको थियो ।

दिलीपसिंह विष्टलाई पनि प्रहरीले जानाजान फसाउन खोजेको आरोप लागिरहेको छ । त्यसैले वास्तविक दोषीलाई उम्काउन डिएनएको नमुनामा नै गडबड भएको हुन सक्ने मत केसीको छ ।

अन्तिम प्रतिवेदन पर्खने र गडबड देखिए बोल्ने तयारीमा उपसचिव केसी

छानबिन समितिका सदस्य केसीले डिएनएको नमुना र शंकास्पद सबैको कल डिटेल रिपोर्ट पनि हेर्न खोजेका थिए । समितिले छानबिन मात्र गर्न सक्ने, तर प्रहरीले जस्तै अनुसन्धान गर्न नसक्ने भन्दै समितिका सदस्य पछि हटेका थिए।

तर, प्रहरीको अनुसन्धानमाथि शंका उत्पन्न भएकै कारण छानबिन समिति गठन गरिएको र प्रहरी अनुसन्धान सही छ कि छैन भन्ने स्पष्ट हुन आफूहरूले पनि अनुसन्धान गर्नुपर्ने उनको दाबी थियो।

३३ किलो सुन प्रकरणमा गृह मन्त्रालयबाट गठित यस्तै समितिले अनुसन्धान गरेर प्रहरीलाई समेत पक्राउ गरी अभियोजन दर्ता गरेको थियो । तर, यो समितिलाई भने खुम्च्याउन खोजेको भन्दै उनले राजीनामा दिएका हुन्।

समितिबाट राजीनामा दिएपछि वीरेन्द्र केसी कञ्चनपुर घटनाको छानबिनबाट स्वतः अलग भएका छन् । तर, अहिलेसम्म संकलन भएका तथ्य तथा बयानलाई प्रतिवेदनमा कसरी प्रस्तुत गरिन्छ भन्ने विषयलाई अवलोकन गर्ने उनको मनस्थिति छ।

तथ्यहरू तोडमोड भएमा फरक मत राख्न बाध्य हुने जानकारी उनले सरकारका उच्च अधिकारीहरूलाई पनि गराइसकेका छन् ।

‘दिलीपसिंह विष्ट दोषी हुन्, तर अहिलेको घटनामा होइन पहिलेको’

छानबिनको क्रममा प्राप्त तथ्य र बयानका आधारमा केसीको निष्कर्ष थियो, ‘दिलीपसिंह विष्ट अपराधी हुन्, तर निर्मला पन्तको बलात्कारमा होइन, ११ वर्षअघि आफ्नै भिनाजुको हत्यामा ।’ प्रतिवेदनमा यो विषय समेट्नुपर्ने उनको दाबी थियो । तर, छानबिन लम्ब्याउनुको उद्देश्य अस्वाभाविक भएको भन्दै उनले राजीनामा दिएका छन् ।

प्रहरीले बम दिदीबहिनी र दिलीपसिंह विष्टलाई हिरासतमा लिएको छ । तर, बलात्कार तथा हत्यामा संलग्नहरू शक्तिशाली रहेको दाबी केसीले गरेका छन्।

‘घटनाको छानबिनको क्रममा सत्यतथ्य र मुख्य अपराधी पत्ता लगाउन लागिपर्ने अठोटसँगै क्रियाशील रहँदा म र मेरा परिवारलाई शक्तिशाली अपराधीले जुनसुकै समयमा पनि हत्या गर्न सक्ने सम्भावना रहेकाले मेरो जीवन रक्षाका लागि अपिल गर्दछु,’ उनले भने।

सरकारले तोकिदिएको जिम्मेवारीअनुसार मिति ०७५ भदौ ८ देखि संयोजकसहितको टोलीसँगै म पनि कञ्चनपुरको महेन्द्रनगर पुगेँ । म चाहन्थेँ, वास्तविक अपराधी पहिचान गरी न्यायिक कठघरामा उभ्याइनेछ । तसर्थ म प्रतिदिन बीस घन्टाको दरले छानबिन कार्यमा नै तल्लीन रहेँ।

अथक् प्रयासको परिणामस्वरूप घटनाको सम्बन्धमा मलाई एउटा निष्कर्षमा पु(यायो।

कानुनको विद्यार्थी, विगतमा एउटा स्वास्थ्य प्राविधिकको लामो अनुभवले गर्दा घटनाको तथ्य, वस्तुस्थिति आमनागरिकको भनाइ अनुसन्धानको क्रममा तयारी पारिएका कागजातहरूबीचको तादात्म्यता र लासको प्रकृति आदिको विषयवस्तुको विश्लेषणबाटै घटनाको सम्बन्धमा निक्र्योल गर्न सहयोग पु¥यायो।

11/09/2018, 05: 05: 37 मा प्रकाशित
90 पटक पढीएको

राजनीति

संसदीय समितिमा व्यक्त प्रतिबद्धता विपरित सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले दशैं अगाडि आफ्नो पार्टी निकट एफ. एमहरुलाई राज्यको ढुकुटीबाट मनपरी पैसा बाँडेका छन्। संसदको विकास तथा प्रविधि समितिको बैठकमा आफूले व्यथितिको अन्त्य गर्ने संकल्पसहित घुस नखाने र खान पनि नदिने दाबी गरेका सञ्चारमन्त्रीले नै सरकार र पार्टीका नेताहरु निकट मानिएका करिब चार दर्जन एफ. […]

बिचार

काठमाडौं, निर्वाचन क्षेत्र नम्बर ७ बाट निर्वाचित सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रामवीर मानन्धरले सांसद पदबाट राजीनामा दिएको घोषणा गरे लगत्तै एकाएक देशको राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ। करिब १० महिनाअघि जनताले करिब ९ हजार मतान्तरमा पाँच वर्षका लागि प्रतिनिधि सभा सदस्यमा जिताएका मानन्धरले पार्टी नेता वामदेव गौतमलाई सांसद बन्ने बाटो खुला […]

प्रवास

अमेरिकी सेनाले मध्य सोमालियामा केही दिनअघि गरेको एक कारबाहीमा परी अल–शबाब समूहका करिब ६० जना लडाकू मारिएको विश्वास गरिएको छ । हरारडेरे नगर नजिकै आतङ्ककारी लक्षित कारबाही कोही सर्वसाधारण घाइते वा नमारिएका अमेरिकी सेनाको एउटा वक्तव्यमार्फत जानकारी दिएको छ । अमेरिकी सेना र सोमालियाली सुरक्षा अधिकारीहरूको संयुक्त प्रयासमा अल–शबाबमाथि गरिएका पछिल्लो कारबाहीमा ती आतङ्ककारी मारिएका […]

अन्तर्वार्ता

नेपाली कांग्रेसमा महाधिवेशन सम्पन्न भएको करिब २६ महिनापछि सभापति शेरबहादुर देउवाले उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा क्रमशः विमलेन्द्र निधि, पूर्णबहादुर खड्का र प्रकाशशरण महतलाई चयन गरेका छन्। पार्टीभित्र सहमतिको प्रयास विफल भएपछि देउवाको प्रस्तावलाई निर्वाचित केन्द्रीय सदस्यहरुको बहुमतले अनुमोदन गर्‍यो। असन्तुष्ट पक्षले पदाधिकारी पदपूर्तिको विषयमा भागवण्डा नमिलेपछि विधानको विषय उठाएर विरोध जनाएका छन्। नवनियुक्त उपसभापति निधिले […]

नागरिकहरुमा सरकारको कार्यशैलीप्रति निराशा बढेपछि प्रधानमन्त्री केपी ओलीले सरकारका केही मन्त्रीहरु फेर्नका लागि गृहकार्य अगाडि बढाएका छन्। पूर्व माओवादी केन्द्रबाट गृह मन्त्री भएका रामबहादुर थापा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्नकालागि प्रधानमन्त्री ओलीले प्रचण्डको साथ खोजेका छन्। यो खबर आजको समाचारपत्र दैनिकमा मधुसूधन रायमाझीले लेखेका छन्। प्रचण्डको सहमति लिएर […]

लोकप्रिय

सरकारले दशैँका अवसरमा उपत्यकामा बिक्री गर्न ल्याएको ३०७ वटै खसीबोका बिक्री भएको छ । नेपाल खाद्य संस्थानले मकवानपुरबाट ३०७ वटा खसीबोका खरिद गरेर ल्याएको थियो । दाङलगायत पश्चिमी जिल्लाबाट करीब हजार खसीबोका खरिद गर्ने लक्ष्य राखिए पनि संस्थानले पश्चिमी क्षेत्रबाट खसीबोका खरिद गर्न नसकेपछि मकवानपुरबाट ल्याएको हो । निजी क्षेत्रका व्यापारीले कृषकलाई उच्च मूल्य दिएका […]