Phone: +977 - 9841338823
Email: himaldainik17@gmail.com
Connect with us:

नेपालको आर्थिक वृद्धि तीन वर्षमै दोहोरो अंकनजिक

नेपालको आर्थिक वृद्धि तीन वर्षमै दोहोरो अंकनजिक

सरकारले आउँदो तीन वर्षमा दुई अंक नजिकको आर्थिक वृद्धि हासिल गर्नसकिने प्रक्षेपण गरेको छ।

चालू आर्थिक वर्षका लागि ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको सरकारले तीन वर्षमा मुलुकको आर्थिक वृद्धि ९.५ प्रतिशत पुग्ने बताएको हो।

संघीय संसदको अर्थ समिति बैठकमा राष्ट्रिय योजना आयोगका सचिव लक्ष्मण अर्यालले आगामी आर्थिक वर्ष (२०७६–७७) मा आर्थिक वृद्धि ९.१ प्रतिशत रहने र त्यसपछिको वर्ष दुई अंक नजिक अर्थात ९.५ प्रतिशत हासिल हुने बताए। यो खबर आजको कारोबार दैनिकमा निरु अर्यालले लेखेकी छन्।

“३ वर्षमा कृषि क्षेत्रको ६.६ र गैरकृषिको १०.७ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ,” उनले भने, “सो अवधिमा गैरकृषिमध्ये उद्योगको १४.९ र सेवा क्षेत्र ९.४ प्रतिशतले विस्तार हुने हाम्रो अनुमान छ । यसैका आधारमा आर्थिक वृद्धि ९.५ प्रतिशत पुग्ने प्रक्षेपण गरेका हौं।”

आर्थिक वर्ष २०७६–७७ मा कृषि क्षेत्रको वृद्धि ५.१ प्रतिशत र गैरकृषि क्षेत्रको १०.४ प्रतिशत हुने अनुमान सरकारको छ । गैरकृषिमध्ये उद्योगको १६.१ र सेवाको ८.८ प्रतिशतले विस्तार हुने आयोगले जनाएको छ।

चालू आर्थिक वर्षमा कृषिको ४.८ र गैरकृषिको ८.९ प्रतिशतको लक्ष्य राखिएको छ । जसमा उद्योगको १२.२ र सेवातर्फ ७.९ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ । यस अवधिमा मुद्रास्फीति दर ६.५ प्रतिशतमा सीमित रहने र गरिबीको रेखामुनी रहेको जनसंख्या १३ प्रतिशतमा झार्ने सरकारको लक्ष्य लिइएको छ।

चालू आर्थिक वर्षमा सरकारले गरिबीको रेखालाई १७ प्रतिशतमा झार्ने सरकारको लक्ष्य छ । सरकारले लिएको दिगो आर्थिक विकासको लक्ष्य हासिल गर्न सार्वजनिक र निजी क्षेत्रबाट गरी वार्षिक १८ सय अर्ब रूपैयाँ लगानी गर्नुपर्ने लक्ष्यसहितको खाका तयार गर्दैछ।

सचिव अर्यालले दिगो विकासको लक्ष्यको आवश्यकताको आकलन, लागत अनुमान र वित्तीय रणनीति तयार गरी त्यसका आधारमा लगानीको खाका तयार गरिने जानकारी दिए । “मध्यमकालीन खर्च संरचना समयमै तयार गरी राष्ट्रियसभा र प्रतिनिधिसभामा पेश गर्ने छौं,” उनले भने।

अर्यालका अनुसार १५ औ योजनाको आधारपत्र पुस मसान्तसम्म, दिगो विकासको लक्ष्य २०३० को आवश्यकता आकलन र लागतको खाका मंसिर ३० सम्म, तथा स्थानीय प्रदेश तथा संघीय तहका विभिन्न सरोकारवालासँग अन्तरक्रिया माघ १५सम्म गरिसक्ने आयोगको तयारी छ।

11/09/2018, 05: 05: 26 मा प्रकाशित
74 पटक पढीएको

राजनीति

संसदीय समितिमा व्यक्त प्रतिबद्धता विपरित सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले दशैं अगाडि आफ्नो पार्टी निकट एफ. एमहरुलाई राज्यको ढुकुटीबाट मनपरी पैसा बाँडेका छन्। संसदको विकास तथा प्रविधि समितिको बैठकमा आफूले व्यथितिको अन्त्य गर्ने संकल्पसहित घुस नखाने र खान पनि नदिने दाबी गरेका सञ्चारमन्त्रीले नै सरकार र पार्टीका नेताहरु निकट मानिएका करिब चार दर्जन एफ. […]

बिचार

काठमाडौं, निर्वाचन क्षेत्र नम्बर ७ बाट निर्वाचित सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रामवीर मानन्धरले सांसद पदबाट राजीनामा दिएको घोषणा गरे लगत्तै एकाएक देशको राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ। करिब १० महिनाअघि जनताले करिब ९ हजार मतान्तरमा पाँच वर्षका लागि प्रतिनिधि सभा सदस्यमा जिताएका मानन्धरले पार्टी नेता वामदेव गौतमलाई सांसद बन्ने बाटो खुला […]

प्रवास

अमेरिकी सेनाले मध्य सोमालियामा केही दिनअघि गरेको एक कारबाहीमा परी अल–शबाब समूहका करिब ६० जना लडाकू मारिएको विश्वास गरिएको छ । हरारडेरे नगर नजिकै आतङ्ककारी लक्षित कारबाही कोही सर्वसाधारण घाइते वा नमारिएका अमेरिकी सेनाको एउटा वक्तव्यमार्फत जानकारी दिएको छ । अमेरिकी सेना र सोमालियाली सुरक्षा अधिकारीहरूको संयुक्त प्रयासमा अल–शबाबमाथि गरिएका पछिल्लो कारबाहीमा ती आतङ्ककारी मारिएका […]

अन्तर्वार्ता

नेपाली कांग्रेसमा महाधिवेशन सम्पन्न भएको करिब २६ महिनापछि सभापति शेरबहादुर देउवाले उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा क्रमशः विमलेन्द्र निधि, पूर्णबहादुर खड्का र प्रकाशशरण महतलाई चयन गरेका छन्। पार्टीभित्र सहमतिको प्रयास विफल भएपछि देउवाको प्रस्तावलाई निर्वाचित केन्द्रीय सदस्यहरुको बहुमतले अनुमोदन गर्‍यो। असन्तुष्ट पक्षले पदाधिकारी पदपूर्तिको विषयमा भागवण्डा नमिलेपछि विधानको विषय उठाएर विरोध जनाएका छन्। नवनियुक्त उपसभापति निधिले […]

नागरिकहरुमा सरकारको कार्यशैलीप्रति निराशा बढेपछि प्रधानमन्त्री केपी ओलीले सरकारका केही मन्त्रीहरु फेर्नका लागि गृहकार्य अगाडि बढाएका छन्। पूर्व माओवादी केन्द्रबाट गृह मन्त्री भएका रामबहादुर थापा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्नकालागि प्रधानमन्त्री ओलीले प्रचण्डको साथ खोजेका छन्। यो खबर आजको समाचारपत्र दैनिकमा मधुसूधन रायमाझीले लेखेका छन्। प्रचण्डको सहमति लिएर […]

लोकप्रिय

सरकारले दशैँका अवसरमा उपत्यकामा बिक्री गर्न ल्याएको ३०७ वटै खसीबोका बिक्री भएको छ । नेपाल खाद्य संस्थानले मकवानपुरबाट ३०७ वटा खसीबोका खरिद गरेर ल्याएको थियो । दाङलगायत पश्चिमी जिल्लाबाट करीब हजार खसीबोका खरिद गर्ने लक्ष्य राखिए पनि संस्थानले पश्चिमी क्षेत्रबाट खसीबोका खरिद गर्न नसकेपछि मकवानपुरबाट ल्याएको हो । निजी क्षेत्रका व्यापारीले कृषकलाई उच्च मूल्य दिएका […]