Phone: +977 - 9841338823
Email: himaldainik17@gmail.com
Connect with us:

एसिड आक्रमणमा परेका सम्झना र सुस्मिताको पीडामा पिल्सिएकी सीमा बस्नेत

बिष्णु बुढाथाेकी
काठमाडौं, असाेज ३
एसिड आक्रमणमा परेका सम्झना र सुस्मिताको पीडामा पिल्सिएकी सीमा बस्नेत

रत्नराज्य क्याम्पसमा स्नातक तहमा अध्ययनरत रौतहटकी सीमा वस्नेतले बुधबार आफ्नो फेसबुक स्टाटसमा लेखिन, ‘जिउँदै जलाउनु पर्ने। मैले अस्पतालको शैयामा भेट्दा खुब नाटक गर्ने, थुक्क पापी त्यतिखेर थाहा पाएको भए अस्पतालमै लास बनाएर सिधै जेल जान्थेँ बरु।’

नेपालको कानुन अनुसार जुनसुकै अपराधमा संलग्न अपराधीलाई पनि कानुन बमोजिम दण्ड र जेल सजाय भएपनि मार्न भने पाइँदैन। तर, सीमा वस्नेतले यस्तो स्टाटस लेख्नुको पछाडि उनले ऐन कानुनको अपहेलना वा त्यसको विरुद्ध जाने उद्देश्यले पटक्कै गरेकी होइन भन्ने कुरा उनकै लेखाइले प्रष्ट्याउँछ। उनले भनेकी छन्, ‘अस्पतालमै लास बनाएर सिधै जेल जान्थेँ बरु।’

नेपालीमा चर्चित उखान छः खुकुरीको चोट अचानोलाई मात्रै थाहा हुन्छ। आफू मरेपछि मात्रै स्वर्ग देखिन्छ।

यस्तै भएको छ आज। दिनहुँ बालबालिका र महिलाकोे अपहरण, यातना, जबरजस्ती करणी, हत्या र हिंसाका घटना घटिरहेका छन्। त्यसको पीडा सिंगो सभ्य समाजलाई परेको छ तर, पीडकहरुको मनोबल घटेको अवस्था छैन्।

यी उनै सीमा बस्नेत हुन्, जो झण्डै साढे तीन वर्षअघि एसिड आक्रमणबाट गम्भिर घाइते भएकी थिइन।

जब आफ्नै गृहजिल्ला रौतहट चन्द्रपुर ६ का दुई अवोध बालिकामाथि आफ्नै छिमेकीले राती सुतिरहको बेला ओच्छ्यानमै एसिड खन्याएर घाइते बनाएको थाहा पाइन् त्यसपछि आफूले भोगेको शारिरीक र मानसिक पीडाको भुक्तभोगी सीमाले त्यी दुई दिदी बहिनीको पीडा अनुभूति सहजै गर्न सकिन सायद। त्यो पीडा र बेदनाको भुक्तभोेगी सीमाले आफ्नो मनभित्रको आक्रोस खप्न नसकेपछि उनले यस्तो स्टाटस मार्फत मन मष्तिष्कमा उठेको तत्कालको डाह हल्का गर्ने प्रयास गरिन।

२०७१ साल फाल्गुन १० गते राजधानीकै वसन्तपुरमा एसएलसी परिक्षाको तयारीका लागि साथी संगीता मगरसँगै ट्युसन पढ्न जानेक्रममा रामेछापका जीवन विकले उनीहरुमाथि एसिड छ्यापेपछि गम्भिर घाइते भएकी सीमालाई थाहा छ, एसिड आक्रमणको पीडा कस्तो हुन्छ भनेर।

अस्पतालमा लामो समयसम्म उपचार गराएर एसिडले पोलेकोे घाउ निको भएपनि अनुहारमा लागेको खत र मनमा परेको गहिरो चोट भोगेकी सीमाको पछिल्ला केहि दिन आफू जस्तै पीडितको सहयोगमा वित्ने गरेको छ।

उनी बिहानैदेखि कीर्तिपुर अस्पतालमा भर्ना भई उपचार गराइरहेका रौतहट चन्द्रपुरका १८ वर्षीय सम्झना दास र १५ वर्षीया सुस्मिता दास दुई दिदी बहिनीको हेरचाह र उपचारमा सहयोग गर्न तल्लिन छिन्। उनीहरुको उपचारका लागि विभिन्न संघ संस्था मार्फत सहयोग जुटाउन व्यस्त छिन्।

सम्झना र सुस्मितालाई भेट्न पुगेका व्यक्तिहरुसँग कुरा गर्नेक्रममा सीमा भन्ने गर्छिन्, ‘यस्तो अपराधिक कार्य गर्नेमाथि राज्यले हदैसम्मको सजाय गर्ने व्यवस्था गरेमात्र अपराधीको मनोवल कमजोर हुन सक्छ।’

आफूमाथि एसिड आक्रमण गर्ने जीवन विक कानुन बमोजिम जेल परेपनि केहि वर्षमै जेल सजाय काटेर छुट्ने भएपछि त्यस्ता अपराधीलाई सामान्य जेल सजायले कुनै असर नपर्ने टिप्पणी उनी गर्दछिन्।

सम्झना र सुस्मितामाथि कसरी खन्याइयो एसिड?

भदौ २६ गते मंगलबार साँझ रौतहट चन्द्रपुर ६ का जादुलाल दास श्रीमती प्रमशीला, छोरीहरु सम्झना, सुस्मितासँगै खाना खाएर उनीहरुलाई राम्रोसँग ढोका लगाएर सुत्न भन्दै नजिकैको पुल हाउसमा सुत्न गए।

मध्यरातमा उनलाई छिमेकीले खबर गर्यो कि घरमा सुतिरहेका छोरीहरुलाई एक्कासी के भयो, भयो? उनी हतार गर्दै घरमा पुगे। घरमा पुग्दा छोरीहरु रोइकराईरहेका थिए। उनीहरुले शरिरमा जलन भयो भन्दा जादुलाल र ४ महिनाको काखे छोरी लिएकी आमा प्रमशीलालाई के भएको हो भन्ने पत्तो थिएन।

त्यहिबीचमा घर नजिकैका छिमेकी ५०/५२ वर्षीय रामबाबु पासवानले यो त एसिडले पोलेको हो, तत्काल अस्पताल लैजाउँ भनेर सुझाए।

त्यसपछि उनले दुई छोरीलाई तत्कालै चन्द्रनिगाहपुर अस्पतालमा पुर्याए। अस्पतालमा दुई घण्टासम्म उपचार गरेपछि त्यहाँ उपचार हुन नसक्ने भन्दै चिकित्सकले काठमाडौँ लैजान सुझाव दिए।

जग्गा जमिन केहिन नभएका र भएको एउटा सानो झुपडी पनि दृष्टिबन्धक राखेका करिब ३७ वर्षीय बाबु जादुलालले गाउँलेको सहयोगमा एम्बुलेन्स खोजेर तत्काल दुई छोरीलाई काठमाडौँ ल्याए।

यसरी एसिडले पोलेका विरामीको कुन अस्पतालमा उपचार हुन्छ भन्ने सामान्य जानकारी समेत नभएका जादुलालले बाटोमा आउँदा एक जना शिक्षकले कीर्तिपुर अस्पताल नै पोलेका विरामीको उपचारका लागि राम्रो अस्पताल हो भनि सझाव दिएपछि सोझै कीर्तिपुरस्थित सामुदायिक अस्पतालमा पुर्याए।

कम्मरभन्दामाथि शरिरको झण्डै ३५ प्रतिशत भाग एसिडले पोलेर घाइते भएकी ठूली छोरी सम्झना र दाया हात र घाँटीमा पोलेर घाइते भएकी माइली छोरी सुस्मिताको उपचार गराइरहेका जादुलालले हिमाल दैनिकसँग कुरागर्दै भने, ‘दिनरात भाडाको जग्गामा पुल हाउस चलाएर परिवार पाल्नु पर्ने म जस्तो गरिब अहिले ४ महिने छोरीसहित सपरिवार यहाँ आएर बस्नु परेको छ। त्यसमाथि दुबै छोरीहरुको औषधी उपचारका लागि तड्पिनु परेको छ।’

एसिड जस्तो घातक केमिकलले पोलेपछिको पीडा आफ्नै ठाउँमा भएपनि सुस्मिताको अवस्था सामान्य नै छ। तर, कम्मरभन्दामाथिको भागमा एसिडले जलेपछि त्यसकोे असर दिनप्रतिदिन बढ्दै गएपछि सम्झनाको अवस्थाबारे बाबु आमा नै चिन्तत छन्।

अहिलेसम्म औषधीका लागि मात्रै झण्डै डेढलाख रुपैयाँ खर्च भइसकेको बताउँने जादुलालसँग अहिले छिमेकी साथीभाइको सरसहयोग र सीमाको साथबाहेक राज्यको तर्फबाट कुनै सहयोग मिलेको छैन।

एकतर्फी प्रेमको नाममा साइको किलर नै रहेछ रामबाबुः जादुलाल

घाइते छोरीहरुलाई घरदेखि चन्द्रनिगाहपुर अपस्तालहुँदै एम्बुलेन्समा राखेर काठमाडौंसम्म ल्याउँदा आफूँसँगै साथ लागेर आएको र अस्पतालमा कुरुवा बनेर सहयोेग गरेकै छिमेकी रामबाबु पासवान नै अपराधी भएको थाहा पाएपछि जादुलाल छाँगाबाट खसेजस्तै भए।

छोेरीको बयान अनुसार, रामबाबु पासवानले नै उनीहरुमाथि एसिड छ्यापेको जानकारी पाएपछि कीर्तिपुरस्थित प्रहरी कार्यालयका सुरक्षाकर्मीले तीन दिनअघि उनलाई अस्पतालबाटै पक्रेर रौतहट जिल्ला प्रहरी कार्यालयलाई बुझाइसकेको छ।

उमेरले ५० वर्ष काटीसकेको व्यक्तिले बारम्बार ७ कक्षामा पढ्ने सम्झनालाई फोनमार्फत बोलाउने र आफूँसँग प्रेम र विवाह गर्न कर गर्ने गरेको छोरीको भनाई उद्रीत गर्दै जादुलाले भने।

तर, जवाफमा छोरीले आफ्नो मोवाइलमा उसको फोन ब्लक गरेपछि एकतर्फी प्रेममा पागल जस्तै बनेको रामबाबुले नै २६ गते राती सवा १२ बजेतिर योजनाबद्ध ढंगले बाहिरको बत्ति होल्डरबाट भिकेर अध्यारोमा छोरीहरु सुतिरहेको ठाउँमा पसेर बेडमा एसिड खन्याएर भागेको हुन सक्ने उनको आशंका छ।

सुरुमा कसले के गर्यो र के भयो भन्नेसम्म जानकारी नभएका सम्झना र सुस्मिताका बाबु आमाले जब छोरी सम्झनाले होसमा आएपछि आफूलाई रामबाबुले गरेको दुव्र्यवहारबारे जानकारी दिइन त्यसपछि उनीहरुले रामबाबु नै मुख्य अपराधी भएको दाबी गरे।

‘यदि उसले त्यो आक्रमण नगरेको भए मध्यरातमा उ घरबाहिर नुहाँउदै के भयो भन्ने र उसकी श्रीमतीले छतबाट के भयो भन्ने हल्ला सुरुमै किन गरे?,’ बाबु जादुलालले आशंकाको प्रश्न प्रश्न गर्दै भने।

‘त्यतिमात्र होइन, जब छोरीहरु चिच्याउँदै कराएर आमालाई बोलाएपछि के भएको हो भन्ने थाहा नपाएर अत्तालिइरहेकी थिइन् त्यअि बेला उ आएर एकाएक यो एसिडले पोलेको हो भनि कसरी एकिनका साथ भन्न सक्यो?,’ जादुलालले थप्दै भने, ‘उसले छोरीहरुको बेडमा एसिड खन्याउँदा उसको हातमा पनि एसिडले पोलेको भेटिएपछि घटनाको दोषी अरु कोहि हुनै सक्दैन।’

यसरी अबोध बालिकाहरुमाथि एसिड खन्याएर जघन्य अपराध गर्ने रामबाबु जस्ता व्यक्तिलाई उनले ‘साइको किलर’को संज्ञा दिँदै त्यस्ता अपराधीमाथि कडा भन्दा कडा कारबाही हुनु पर्ने माग गरे।

 

19/09/2018, 06: 08: 30 मा प्रकाशित
9470 पटक पढीएको

राजनीति

निर्धारित मितिमै हुन्छ वा हुन्न भन्ने अन्यौलतालाई चिर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई महासमिति बैठकको चटारोले झपक्कै छोपेको छ। आजदेखि काठमाडौंमा हुने भनिएको महासमिति बैठकमा सहभागी हुन देशभरीबाट आएका महासमिति सदस्यहरुको भिडले पार्टी मुख्यालय सानेपा भरिभराउ थियो। गत निर्वाचनमा देशभरी पराजयको पिडाले विच्छिप्त भएका कांग्रेस नेता कार्यकर्ता पार्टी कार्यालयमा पुगेर देशभरीका नेता कार्यकर्तासँग एकआपसमा भेटघाट […]

बिचार

विधान मस्यौदा समितिले दुई वटा विषयमा राम्रो प्रस्ताव ल्याएको छ। पहिलो, यसले पार्टीका विभागको व्यवस्थापनसँगै अनुसन्धानमुखी बनाएर उनीहरूका गतिविधिहरूलाई पार्टीको नीति निर्माण प्रक्रियामा जोड्ने काम भएको छ। दोस्रो, पार्टीको संरचनालाई तल्लो तहसम्म विस्तार गर्न टोल समितिको अवधारणा अघि सारिएको छ। अबको कांग्रेसको संगठन विस्तारको केन्द्र टोल/टोल र माध्यमिक विद्यालय तथा कलेजलाई नै बनाउनुपर्छ। मुलुकमा जारी […]

प्रवास

भारतको पाँच राज्यमा भएको विधान सभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदी र उनको दल भारतीय जनता पार्टी (भाजपा)ले अनपेक्षित पराजय व्यहोर्नु पर्ने भएको छ। हिन्दी हार्टल्याण्डको रुपमा परिचित मध्यप्रदेश, राजस्थान, छत्तिसगढ, तेलंगना र मिजोराममा गतसाता सम्पन्न विधान सभा निर्वाचनको प्रारम्भिक मतगणनामा प्रधानमन्त्री मोदीको पार्टी र त्यसको नेतृत्वमा रहेको महागठबन्धन पराजित हुने लगभग पक्का भएको छ। सन […]

अन्तर्वार्ता

वर्तमान सरकार र यसको नेतृत्वले आजदेखि ‘नयाँ युगको शुभारम्भ’ को नारा दिएर सामाजिक सुरक्षा कार्यक्रमको ब्यापक प्रचारवाजी गरेको छ। तर, सामाजिक सुरक्षा कोषको स्थापनाका लागि पहिलो संविधानसभा निर्वाचन लगत्तै बनेको तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादीका नेता बाबुराम भट्टराईको सबैभन्दा ठूलो योगदान छ। उनी अर्थमन्त्री भएकै बेला योगदानमा आधारित सामाजिक सुरक्षा कोषको अवधारणा सुरू गरेलगत्तै उक्त […]

सविता खत्रीको उमेर १२ वर्ष मात्र भयो। उनी खलंगाको त्रिभुवन माविमा कक्षा ६ पढ्दै थिइन्। तिनै सविताले बिहे गरेको खबर सुनेर उनका शिक्षक र साथीहरू अचम्मित भए। तर जाजरकोटमा बालविवाह विरलै हुने घटना होइन। यस जिल्लामा ७४ प्रतिशतले उमेर नपुग्दै घरजम गर्छन्। जसले गर्दा पढाइ छोड्ने र सम्बन्धविच्छेद गर्नेको संख्या बढिरहेको छ। आजको अन्नपूर्ण पोष्टमा […]

लोकप्रिय

निर्धारित मितिमै हुन्छ वा हुन्न भन्ने अन्यौलतालाई चिर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई महासमिति बैठकको चटारोले झपक्कै छोपेको छ। आजदेखि काठमाडौंमा हुने भनिएको महासमिति बैठकमा सहभागी हुन देशभरीबाट आएका महासमिति सदस्यहरुको भिडले पार्टी मुख्यालय सानेपा भरिभराउ थियो। गत निर्वाचनमा देशभरी पराजयको पिडाले विच्छिप्त भएका कांग्रेस नेता कार्यकर्ता पार्टी कार्यालयमा पुगेर देशभरीका नेता कार्यकर्तासँग एकआपसमा भेटघाट […]