तरूण दल महासचिव शाहीकाे गीति एल्बम सार्वजनिक

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

नेपाल तरुण दलका महासचिव भुपेन्द्रजङ्ग शाहीको गीति एल्बम ‘परदेशी’ विमोचन भएको छ ।

नेपालका लाखौँ युवा रोजगारीका लागि विदेश गएको र उनीहरुका परिवारले भोग्नुपरेको समस्यालाई दर्शाएर तयार पारिएको उक्त गीति एल्बम आज विमोचन गरिएको हो ।

सो अवसरमा गीतकार सङ्घ नेपालका अध्यक्ष चुरामणि देवकोटाले गीति एल्बमले वर्तमान समयमा मुलुकले भोगेको समस्याका बारेमा उजागर गरेको बताउँदै गीतले आम नेपालीलाई सन्देश दिन खोजेको छ भन्नुभयो ।

सङ्गीतकार महेश खड्काले पछिल्लो समय सङ्गीत क्षेत्र बदलिँदो अवस्थामा रहेको उल्लेख गर्दै ‘परदेशी’ले मुलुकको यर्थाथ घटनालाई समेटेको बताउनुभयो ।

बिपी अध्ययन प्रतिष्ठान नेपालका अध्यक्ष धर्मेन्द्र नेम्वाङले मनले बोल्न नसकेका कुराहरु गीत र कलामार्फत प्रस्तुत गर्न सकिने बताउनुभयो । गीतका लेखक शाहीले १० वर्षअगाडि नै उक्त गीतलाई रचना गरेको बताउनुभयो ।

सो गीत टीका प्रसाईंको स्वरमा सजिएको छ भने रेखा पौडेलको सङ्गीत र कमल सौरागको सङ्गीत संयोजन छ । किरण क्रियशनले एल्बमलाई बजारमा ल्याएको हो । रासस