Phone: +977 - 9841338823
Email: himaldainik17@gmail.com
Connect with us:

जापानी लगानीकर्तालाई नेपाल जान राजदुत राणाको आग्रह  

हिमाल दैनिक
टोकिया, असोज ६
जापानी लगानीकर्तालाई नेपाल जान राजदुत राणाको आग्रह  

जापानका लागि नेपाली राजदुत प्रतिभा राणाले तीनै तहको चुनाव सम्पन्न भएर नयाँ सरकार गठन भएसँगै नेपालमा राजनीतिक स्थायित्व स्थापित भएको भन्दै नेपालमा लगानी गर्न जापानका लगानीकताहरूलार्इ आग्रह गरेकी छिन्।

संविधान दिवशको उपलक्ष्यमा टोकियोस्थित नेपाली दुतावासले आयोजना गरेको कार्यक्रममा जापानी सरकारका प्रतिनिधि, उद्योगी, व्यापारी तथा विभिन्न पेशा र व्यवशासयमा संलग्न नेपाली समुदायलाई नेपालमा लगानीमैत्री वातावरण भएको भन्दै नेपालमा लगानी गर्न आग्रह गरेकी हुन्।

राजदुत राणाले व्यापक सहभागितामा समावेशी, संघीय तथा पूर्ण लोकतान्त्रिक संविधान जारी भएकाले संविधान जारी भएको दिन नेपालीको इतिहासमा निकै महत्वपूर्ण भएको बताईन।

‘संविधान अनुसार तीनै तहको चुनाव सम्पन्न भएको छ,’ राजदुत राणाले भनिन्, ‘अव प्रधानमन्त्रीज्युको ‘समृद्ध नेपाल खुशी नेपाली’को सोचलाई यथार्थतामा परिणत गर्न  आर्थिक विकास र समृद्धि हासिल गर्न नेपाल सरकार अघि बढिरहेको छ।’

राजनीतिक स्थीरता, विदेशी लगानीमैत्री नीति एवं भौगोलिक अवस्थिति आदी कारणले विदेशी लगानाीका लागि नेपाल उपयुक्त मुलुक भएकाले जापानी लगानीकर्तालाई लगानीका लागि आउनले आग्रह गरिन।

नेपालको प्राकृतिक सुन्दरता, २०२० लाई भिजिट नेपाल बर्ष बनाउने सरकारको घोषणा र निकट भविष्यमै नेपाल र जापानबीच सिधा हवाई सेवाका विषयमा चर्चा गर्दै नेपालमा लगानीको लागि नेपाल जापान संसदीय मैत्री लिगका सदस्यहरुले भुमिका खेल्न उनले आग्रह गरिन्। साथै राजदुत राणाले नेपालको आर्थिक र सामाजिक विकासमा जापान सरकारले खेलेको योगदानका लागि धन्यवाद दिईन्।

कार्यक्रमका प्रमुख अतिथि जापानी विदेश उपमन्त्री आईवा मोरीले नेपालमा तीनै तहको चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भएर लोकतन्त्रक उच्चतम अभ्यास भएको बताएका थिए।

उनले नेपालको चुनावमा जापान सरकारले पनि परेवेक्षण गरेको स्मरण गर्दै नेपालमो लोकतन्त्र सुदृणीकरणका लागि जापान सरकारले पनि सहयोग गरेको बताए।

उनले नेपाल र जापानबीच अत्यान्त वलियो आर्थिक, सामाजिक तथा सास्कृतिक रहेको चर्चा गर्दै आगामी दिनमा झन यो सम्वन्ध अझै प्रागाढ बन्ने विश्वास व्यक्त गरे।

नेपाल जाने जापानी पर्यटकहरुको संख्या बढ्दाक्रममा रहेको बताउदै मोरीले सिधै हवाई सेवा सुरु भएपछि थप बढ्ने विश्वास व्यक्त गरे।

संविधान दिवशको अवसरमा दुतावासले असोज २, ३ र ४ गते दिपावली गरेको थियो भने ४ गते जापान टाईम्स र जापान न्युज पत्रिकामा राष्ट्रिय दिवश विषेशांक प्रकाशन गरेको थियो।

22/09/2018, 03: 25: 01 मा प्रकाशित
256 पटक पढीएको

राजनीति

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को चालिसौँ बैठकमा भाग लिने पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ जेनेभातर्फ प्रस्थान गर्नुभयो । यही फागुन १३ गते हुने परिषद्को उद्घाटन सत्रमा उहाँ सहभागी हुने तथा १४ गते परिषद् बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । हाल नेपाल राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को […]

बिचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आफ्नो पदबाट राजीनामा दिए। देशको सबैभन्दा शक्तिशाली संवैधानिक निकायका पदाधिकारीले नै संस्थाको नामबाट अनुसन्धान शब्द नै गायव हुनेगरी (अख्तियार दुरुपयोग आयोग)को नाम छोटो र त्यो निकायलाई खोटो बनाउँदै आफ्नो खल्ति मोटो (घुस लिएको) बनाएको आरोप लागेका पाठकले पदबाट राजीनामा दिए। नेपाल इन्जिनियरिङ कलेजको […]

प्रवास

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनकाबीच बिहीबार कुराकानी भएको छ । रुसको राजधानी मस्कोमा हुने भनिएको दुई नेताको बैठक स्थगित भएको एक दिनपछि उहाँहरुका बीचमा टेलिफोन कुराकानी भएको हो । “उहाँहरुले निकट भविश्यमा आफुहरुको भेटवार्ता रुसमै गर्ने सहमति गर्नुभएको छ,” इजरायलको सरकारी निकायद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । उनिहरुका बीचमा क्षेत्रीय […]

अन्तर्वार्ता

वर्तमान सरकार र यसको नेतृत्वले आजदेखि ‘नयाँ युगको शुभारम्भ’ को नारा दिएर सामाजिक सुरक्षा कार्यक्रमको ब्यापक प्रचारवाजी गरेको छ। तर, सामाजिक सुरक्षा कोषको स्थापनाका लागि पहिलो संविधानसभा निर्वाचन लगत्तै बनेको तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादीका नेता बाबुराम भट्टराईको सबैभन्दा ठूलो योगदान छ। उनी अर्थमन्त्री भएकै बेला योगदानमा आधारित सामाजिक सुरक्षा कोषको अवधारणा सुरू गरेलगत्तै उक्त […]

ललितपुरको नख्खुस्थित एनसेल कार्यालय नजिक पुगेपछि सिमप्रसाद गुरुङ बा२०च १०३२ नम्बरको आफ्नो गाडी साइड लगाएर सडकमा फ्याँकिएको वस्तु हेर्न झरे। दुर्भाग्य, उनी शंकास्पद वस्तु नजिक नपुग्दै विस्फोट भयो। उनको शरीरको केही भाग छुट्टियो। घटना शुक्रबार राति आठ बजेतिरको हो। भैंसेपाटी बस्दै आएका गुरुङ साथीहरुसँग भेटघाट गरी घर फर्कंदै गर्दा प्रेसर बम विस्फोटमा परेका थिए। घटनास्थलमा […]

लोकप्रिय

दलित बालकले कथित उपल्लो जातको बालकको शरीर छोएको निहुँमा सिरहामा डोम आमाछोरी कुटिएको घटना प्रहरीले नै दबाउन खोजेको छ। छिमेकी अयोधी सदाय, सकल सदाय र विरोधी महतोले लहान नगरपालिका–१८ का ललिता मरिक र उनकी छोरी अमिरकालाई घरमै गएर कुटपिट गरेका हुन्। प्रहरीले दोषीलाई कारबाही गर्नुको सट्टा उल्टै मिलापत्र गर्न दबाब दिएको हो। यो खबर आजको नयाँ […]