Phone: +977 - 9841338823
Email: himaldainik17@gmail.com
Connect with us:

निर्वाध यातायात चल्ने वातावरण बनाउन माग

काठमाडौँ, ७ असोज
निर्वाध यातायात चल्ने वातावरण बनाउन माग

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्नु हुँदै सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सांसद दिलकुमारी रावलले बडादशैँको मुखमा यातायात सञ्चालनमा समस्या आएकाले निर्वाध चल्ने वातावरण मिलाउन सरकारसँग माग गर्नुभयो ।

सांसद नैनकला भट्टराई र प्रकाश पन्थले अपाङ्गता भएकालाई परिचयपत्र उपलब्ध गराउन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले छिटो पहल गर्नुपर्ने, चाडवाडको मुखमा चिनीलगायत खाद्य सामग्रीको अभाव, कालाबजारी नहुनेतर्फ सुनिश्चित गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । रासस

23/09/2018, 04: 20: 36 मा प्रकाशित
64 पटक पढीएको

राजनीति

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को चालिसौँ बैठकमा भाग लिने पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ जेनेभातर्फ प्रस्थान गर्नुभयो । यही फागुन १३ गते हुने परिषद्को उद्घाटन सत्रमा उहाँ सहभागी हुने तथा १४ गते परिषद् बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । हाल नेपाल राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को […]

बिचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आफ्नो पदबाट राजीनामा दिए। देशको सबैभन्दा शक्तिशाली संवैधानिक निकायका पदाधिकारीले नै संस्थाको नामबाट अनुसन्धान शब्द नै गायव हुनेगरी (अख्तियार दुरुपयोग आयोग)को नाम छोटो र त्यो निकायलाई खोटो बनाउँदै आफ्नो खल्ति मोटो (घुस लिएको) बनाएको आरोप लागेका पाठकले पदबाट राजीनामा दिए। नेपाल इन्जिनियरिङ कलेजको […]

प्रवास

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनकाबीच बिहीबार कुराकानी भएको छ । रुसको राजधानी मस्कोमा हुने भनिएको दुई नेताको बैठक स्थगित भएको एक दिनपछि उहाँहरुका बीचमा टेलिफोन कुराकानी भएको हो । “उहाँहरुले निकट भविश्यमा आफुहरुको भेटवार्ता रुसमै गर्ने सहमति गर्नुभएको छ,” इजरायलको सरकारी निकायद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । उनिहरुका बीचमा क्षेत्रीय […]

अन्तर्वार्ता

वर्तमान सरकार र यसको नेतृत्वले आजदेखि ‘नयाँ युगको शुभारम्भ’ को नारा दिएर सामाजिक सुरक्षा कार्यक्रमको ब्यापक प्रचारवाजी गरेको छ। तर, सामाजिक सुरक्षा कोषको स्थापनाका लागि पहिलो संविधानसभा निर्वाचन लगत्तै बनेको तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादीका नेता बाबुराम भट्टराईको सबैभन्दा ठूलो योगदान छ। उनी अर्थमन्त्री भएकै बेला योगदानमा आधारित सामाजिक सुरक्षा कोषको अवधारणा सुरू गरेलगत्तै उक्त […]

ललितपुरको नख्खुस्थित एनसेल कार्यालय नजिक पुगेपछि सिमप्रसाद गुरुङ बा२०च १०३२ नम्बरको आफ्नो गाडी साइड लगाएर सडकमा फ्याँकिएको वस्तु हेर्न झरे। दुर्भाग्य, उनी शंकास्पद वस्तु नजिक नपुग्दै विस्फोट भयो। उनको शरीरको केही भाग छुट्टियो। घटना शुक्रबार राति आठ बजेतिरको हो। भैंसेपाटी बस्दै आएका गुरुङ साथीहरुसँग भेटघाट गरी घर फर्कंदै गर्दा प्रेसर बम विस्फोटमा परेका थिए। घटनास्थलमा […]

लोकप्रिय

दलित बालकले कथित उपल्लो जातको बालकको शरीर छोएको निहुँमा सिरहामा डोम आमाछोरी कुटिएको घटना प्रहरीले नै दबाउन खोजेको छ। छिमेकी अयोधी सदाय, सकल सदाय र विरोधी महतोले लहान नगरपालिका–१८ का ललिता मरिक र उनकी छोरी अमिरकालाई घरमै गएर कुटपिट गरेका हुन्। प्रहरीले दोषीलाई कारबाही गर्नुको सट्टा उल्टै मिलापत्र गर्न दबाब दिएको हो। यो खबर आजको नयाँ […]