नेपाल आइडलका टप ट्वान्टीका प्रतिस्पर्धीको दशैं तिहार गीत

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
काठमाडौं, असोज २७

सांगीतिक रियालिटी शो ‘नेपाल आइडल’ को दोस्रो संस्करणमा टप  ट्वान्टीसम्म पुगेका प्रतिस्पर्धीले ‘दशैं तिहार’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् ।

आशिष प्रसाईको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा कलाकारहरु विश्वास उप्रेती, रवि शर्मा, करण जोशी, संजय सोब र सविन सुवेदीको संयुक्त आवाज रहेको छ। दशैं तिहारको छेको पारेर सार्वजनिक गरिएको भिडियोमा स्वयं  कलाकारहरुले अभिनय गरेका छन् भने अन्य कलाकारले पनि शसक्त भूमिका निर्वाह  गरेका छन् ।

गीतको शब्द विक्की महतले लेखका हुन्। ‘परदेशमा रहेर दशैं तिहारलाई  सम्झिएर शब्द रचना गरेको हो’, उनी भन्छन्, ‘हजारौको संख्यामा नेपाली युवाहरु विदेशी भूमिमा श्रम गर्न बाध्य छन्, उनीहरुको लागिल के दशै के तिहार उनीहरुलाई पनि त यो चाडपर्वले कति छुँदो हो ? हाम्रो गीतले यही कथा  भन्छ। ’

गीतमा सिद्धार्थ भट्टको संगीत रहेको छ । राजेश घिमिरेले खिचेको भिडियोलाई सुशील न्यौपानेले सम्पादन गरेका हुन्।

देश तथा विदेशमा बस्ने नेपालीहरुले यो गीत औधी मन पराउने कलाकारहरुको दाबी छ। गीतका गायक तथा संगीतकारले सक्दो मेहेनत गरेर गीतको भिडियो तयार भएको निर्देशक आशिष प्रसाईले बताए।

गीतको निर्माण YOHO TV ले गरेको हो भने यसको रिलिज पनि YOHO TV कै  youtube च्यानल बाट रिलिज गरिएको छ ।