Phone: +977 - 9841338823
Email: himaldainik17@gmail.com
Connect with us:

पत्रकारको दशैं खर्चका नाममा मन्त्री बास्कोटाले उडाए राज्यको लाखौँ रुपैयाँ

हिमाल दैनिक
काठमाडौं, असाेज ३१
पत्रकारको दशैं खर्चका नाममा मन्त्री बास्कोटाले उडाए राज्यको लाखौँ रुपैयाँ

संसदीय समितिमा व्यक्त प्रतिबद्धता विपरित सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले दशैं अगाडि आफ्नो पार्टी निकट एफ. एमहरुलाई राज्यको ढुकुटीबाट मनपरी पैसा बाँडेका छन्।

संसदको विकास तथा प्रविधि समितिको बैठकमा आफूले व्यथितिको अन्त्य गर्ने संकल्पसहित घुस नखाने र खान पनि नदिने दाबी गरेका सञ्चारमन्त्रीले नै सरकार र पार्टीका नेताहरु निकट मानिएका करिब चार दर्जन एफ. एम. रेडियोलाई लाखौँ रुपैयाँ दशैं खर्च वापत बाँडेको तथ्य सार्वजनिक भएको छ।

दशैं खर्च वापत यसरी राज्यको रकम वितरण गर्ने क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरण भण्डारीको स्वामित्वमा रहेको मेरो एफदेखि समयमा नविकरण नभएर खारेजीको सूचिमा परेका तीनवटा एफ. एम.सम्मलाई मनपरी पैसा उपलब्ध गराएका छन्।

दशैं आएकोले नपुगे लिन आए हुन्छ, दिन्छु भनि संसदीय समितिको बैठकमा पत्रकारलाई धम्क्याएका मन्त्री बास्कोटाको मन्त्रालयले देशका विभिन्न ४४ वटा एफलाई ५० हजारदेखि एक लाखसम्मका दरले दशैंखर्च वापत ३५ लाख रुपैयाँ वितरण गरेको मन्त्रालय स्रोतले बतायो।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट मन्त्रालयका कर्मचारीले विभिन्न जिल्लास्थित पार्टी नेताहरुको सिफारिसकै आधारमा राज्यको ढुकुटीबाट रकम वितरणका लागि सूचि तयार पारेका थिए। यसरी रकम वितरण गर्ने प्रक्रियामा मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठले असहमति जनाएपछि उनलाई त्यहाँबाट सरुवा गरिएको मन्त्रालय स्रोतले बतायो।

हिमाल दैनिकलाई प्राप्त सूचि अनुसार, यसरी दशैं खर्च पाउँने एफ. एमहरुमा राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरणको मेरो एफ. एमदेखि पूर्व एमाले नेता प्रदिप नेपालको सप्तकोेशी एफ. एमसमेत रहेका छन्।

मन्त्रालयले मेरो एफ. एमलाई ५० हजार रुपैयाँ उपलब्ध गराएको छ भने सप्तकोशी एफ. एमलाई एक लाख रुपैयाँ दशैं खर्च स्वरुप उपलब्ध गराएको छ। सप्तकोशी एफ. एमको स्टेशन म्यानेजरमा ब्रोडकास्टिङ एशोसियशन नेपाल (वान)का अध्यक्ष चन्द्र न्यौपाने रहेका छन्।

त्यसैगरी वानका उपाध्यक्ष उज्वल चौलागाईको हेटौँडा एफ. एमलाई ५० हजार रुपैयाँ उपलब्ध गराएका छन् भने वानकै निवर्तमान अध्यक्ष गोपाल झा कार्यरत रेडियो मिथिलाको लागि पनि ५० हजार रुपैैयाँ छुट्याइएको छ। धनुषास्थित उक्त रेडियोको सञ्चालकमा उद्योग व्यवसायी विश्वनाथ साह रहेका छन्। कांग्रेस निकट रहेको मानिनेमा झा र साह संलग्न रेडियो मिथिला रहेको छ भने पूर्व राजा निकट मानिने मञ्जु मिश्रको सि. जे. एम. सि. काठमाडौंका लागि पनि ५० हजार रुपैयाँ छुट्याइएको छ।

रेडियो ब्रोेडकास्टिङ फोेरमका सचिव विजय हाछेतुको भक्तपुर एफ. एमका लागि ७५ हजार रुपैयाँ उपलब्ध गराएका छन्।

तोकिएको समयसिमाभित्र नविकरण हुन नसकेर खारेजीमा परेका पाँचथरका दुई एफ. एममध्ये सिंहलिला एफ. एमलाई ७५ हजार तथा पाँचथर एफ. एमलाई ५० हजार तथा सप्तरीको रेडियो सखीका लागि ५० हजार रुपैयाँ उपलब्ध गराएर सरकारी निकायले विद्यमान ऐन, कानुन र नियमको धज्जी उडाएको छ।

असोज १८ गते संसदको विकास तथा प्रविधि समितिको बैठकमा सञ्चार मन्त्री बास्कोटाले आफ्ना विरुद्ध पत्रकारहरुले पैसाको प्रभावमा समाचार लेखेको आरोप लगाउँदै भनेका थिएः दशैं आएको छ पुगेन भने लिन आउँदा हुन्छ, दिन्छु।

समितिको बैठकमा आक्रामक शैलीमा प्रस्तुत भएका मन्त्री बास्कोटाले पत्रकारहरुलाई धम्किपूर्ण र चुनौतिको भाषामा भनेका थिए, ‘म न्यूजद्धारा प्रभावित पनि हुन्न। व्यक्तिगत रुपमा मान्छेको एउटा संकल्प हुन्छ। त्यो भनेका व्यथिति नगर्ने हो, घुस नखाने होे, खान नदिने पनि हो। लेख्न त धेरै लेख्नु भयोे, कुनै एउटा प्रतिष्ठितले लेख्नु भयो २० करोड। लेख्नुहोस्। दशैं आएको छ पुगेन भने लिन आउँदा हुन्छ, दिन्छु। होइन भने सात पुस्ता पुग्नेगरी केलाउनुहोेस्, कहाँ कहाँ गएर जाँच्नु पर्छ जाच्नुहोस्, चुनौति पनि छ यसमा। जे पनि लेखिदिएर बद्नाम मात्रै नगनुहोस्।’

तर, मन्त्री बास्कोटा आफैँले बोलेका कुरा व्यवहारमा भने ठिक विपरित भएको पुष्टि उनैको व्यवहारले गरेको छ।

एक लाख रुपैयाँ पाउने १५ वटा एफ. एमहरुको सूचिः

१. भिजन एफ. एम. झापा, २. सप्तकोशी एफ. एम. सुनसरी, ३. रेडियो ताप्लेजुङ ताप्लेजुङ, ४. रेडियो सुनगाभा महोत्तरी, ५. कृषि रेडियो धार्के धादिङ, ६. रेडियो मेलाच्ची सिन्धुपाल्चोक, ७. रेडियो नमोबुद्ध काभ्रे, ८. रेडियो शैलुङ दोलखा, ९. प्राइम एफ.एम. काभ्रे १०. गोर्खाली रडियो कास्की, ११. रेडियो लुम्बिनी रुपन्देही, १२. रेडियो सानीभेरी रुकुम, १३. रुरु एफ.एफ. गुल्मी, १४. बुलबुल एफ.एफ. सुर्खेत, १५. रेडियो ध्रुवतारा दैलेख

७५ हजार रुपैयाँ पाउने २२ एफ.एफको सूचिः

१. सिमरिक एफ.एम. मोेरङ, २. सिंहलिला एफ.एफ. पाँचथर, ३. सुसेली एफ.एम. मोरङ, ४. गणतन्त्र एफ.एम. सुनसरी, ५. रेडियो रामधुनि सुनसरी, ६. इलाम रेडियो इलाम, ७. समाद एफ.एम. सिराह, ८. रेडियो विजय किल्ला सिन्धुली, ९. भक्तपुर एफ.एम. भक्तपुर, १०. रेडियो पर्यावरण ललितपुर, ११. रेडियो गण्डकी कास्की, १२. मनास्लु एफ.एम. गोरखा, १३. रुबरु एफ.एम. बाँके, १४. रेडियो जलजला रोल्पा, १५. कर्णाली एफ.एम. जुम्ला, १६. रेडियो डोल्पा एफ.एम. डोल्पा, १७. रेडियो कर्णाली आवाज एफ.एम. हुम्ला, १८. शारदा एफ.एम. सल्यान, १९. सामुदायिक रेडियो अमरगढी डडेल्धुरा, २०. बेलौरी एफ.एम. कञ्चनपुर, २१. सुदूर संचार एफ.एम. कञ्चनपुर, २२. सौगात एफ.एम. बैतडी

५० हजार रुपैयाँका दरले पाउने ७ एफ.एमको सूचिः

१. पाँचथर एफ. एम. पाँचथर, २. रेडियो मिथिला, धनुषा, ३. रेडियो सखी सप्तरी, ४. मरो एफ.एम. काठमाडौं, ५. सि.जे.एम.सि. काठमाडौं, ६. हेटौँडा एफ.एम. मकवानपुर, ७. रेडियो मुक्ति रुपन्देही

17/10/2018, 03: 33: 07 मा प्रकाशित
13982 पटक पढीएको

राजनीति

मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण गरिरहेको निर्माण व्यवसायी सिएमसीसँगको ठेक्का सम्झौता रद्द गर्ने विषयमा छलफल भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । पुस ३ गते काम गर्न स्रोत अभाव भएको भनी एकपक्षीय रुपमा सुरुङ, हेडवक्र्स लगायतको काम छोडेको इटालियन निर्माण व्यवसायी सिएमसी अझै काममा फर्किएको छैन । काम छोडेर भाग्न लागेको सूचना पाएपछि गत […]

बिचार

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ मा हामीले फरकमत राख्नुको कारण केदारभक्त माथेमाको संयोजकत्वमा बनेको चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदल २०७२ु ले पेश गरेको प्रतिवेदनको मर्म र भावना अनुरुप शेरबहादुर देउवा नेतृत्वको सरकारले संसदवाट राष्ट्रिय चिकित्सा शिक्षा ऐन ल्याउने प्रयासमा तत्कालिन एमाले र सत्ता साझेदार माओवादी केन्द्र समेत नमानेपछि कांग्रेसले २०७४ असोज ६ गते […]

प्रवास

विश्वकै सबैभन्दा जेठा व्यक्तिको आइतबार ११३ बर्षको उमेरमा निधन भएको छ । जापानका नागरिक मसाजो नोनाकाको आइतबार निधन भएको अधिकारीले जानकारी दिएका छन् । राइट दाजुभाईले पहिलो उडान गराएको दुई वर्षपछि सान् १९०५ मा उहाँको जन्म भएको थियो । गिनिज वर्ड रेकर्डका अनुसार गत बर्ष स्पेनका नागरिक फ्रान्सीस्को नुनेज ओलिभेराको निधन भएपछि उहाँ संसारकै सबैभन्दा […]

अन्तर्वार्ता

वर्तमान सरकार र यसको नेतृत्वले आजदेखि ‘नयाँ युगको शुभारम्भ’ को नारा दिएर सामाजिक सुरक्षा कार्यक्रमको ब्यापक प्रचारवाजी गरेको छ। तर, सामाजिक सुरक्षा कोषको स्थापनाका लागि पहिलो संविधानसभा निर्वाचन लगत्तै बनेको तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादीका नेता बाबुराम भट्टराईको सबैभन्दा ठूलो योगदान छ। उनी अर्थमन्त्री भएकै बेला योगदानमा आधारित सामाजिक सुरक्षा कोषको अवधारणा सुरू गरेलगत्तै उक्त […]

जनआन्दोलन र सशस्त्र संघर्षको जगमा निर्मित अन्तरिम संविधान–०६३ ले मूलधारमा आउन वञ्चित वर्ग, क्षेत्र, लिंग, धर्मका समुदायलाई मूल प्रवाहमा ल्याउने संकल्प गर्यो। नेपालको इतिहासमै पहिलोपल्ट ल्याइएको त्यो व्यवस्थाको नाम थियो, समानुपातिक प्रतिनिधित्व प्रणाली। तर, दुर्भाग्य सामाजिक न्यायको जुन उद्देश्य प्राप्तीका लागि समानुपातिक प्रणाली भित्र्याइयो, केही दर्जन सभासद्का नाम छाड्ने हो भने बाँकी थुप्रै आशामुखीलाई शीर्षस्थमा […]

लोकप्रिय

विश्वकै सबैभन्दा जेठा व्यक्तिको आइतबार ११३ बर्षको उमेरमा निधन भएको छ । जापानका नागरिक मसाजो नोनाकाको आइतबार निधन भएको अधिकारीले जानकारी दिएका छन् । राइट दाजुभाईले पहिलो उडान गराएको दुई वर्षपछि सान् १९०५ मा उहाँको जन्म भएको थियो । गिनिज वर्ड रेकर्डका अनुसार गत बर्ष स्पेनका नागरिक फ्रान्सीस्को नुनेज ओलिभेराको निधन भएपछि उहाँ संसारकै सबैभन्दा […]