Phone: +977 - 9841338823
Email: himaldainik17@gmail.com
Connect with us:

मिथिलाका नारीद्वारा खोइँछ भर्ने विधि सम्पन्न

हिमांशु चौधरी 
जनकपुरधाम, ३१ असोज
मिथिलाका नारीद्वारा खोइँछ भर्ने विधि सम्पन्न

बडादशैँको अष्टमीका दिन आज मिथिलाका नारीहरूले सौभाग्यवती एवं सन्तानको कामना गर्दै देवी दुर्गा भवानीको ‘खोइँछ’ (पोल्टा) भर्ने विधि सम्पन्न गरेका छन् ।

नवरात्र शुरु भएदेखि नै देवी दुर्गाको उपासना गर्दै आएका विवाहित मैथिल महिलाले शक्तिपीठमा दुबो, धान, बेसारको गिँड, सिन्दूर, सुपारी, पान र भेटीसहितको पोका देवी दुर्गाको पोल्टामा चढाउँदै पराम्परागत खोइँछ भर्ने विधि सम्पन्न गरेका छन् ।

त्यस्तै सो विधिका सन्दर्भमा भगवती दुर्गा असोज शुक्ल प्रतिपदाका दिन माइतमा आउने, नौ दिनसम्म माइतमा बस्ने र दशमीका दिन ससुराली जाने गर्दछिन् भनी खोइँछ भर्ने मान्यता रहेको पनि पाइन्छ ।

पण्डित मिथिलेश ठाकुरका अनुसार यस पटक भगवतीको आगमन डुङ्गा र प्रस्थान हात्तीमा रहेको छ । डुङ्गामा आगमन र हात्तीमा प्रस्थानलाई सुखदको सूचक मानिन्छ । मिथिलाञ्चलको पुरानो परम्परा रहेको यो विधि पूरा गर्न रातिदेखि नै शक्तिपीठ, देवीमन्दिर र देवीको प्रतिमा स्थलमा विवाहित मैथिल महिलाको घुइँचो लागेको थियो ।

प्राध्यापक परमेश्वर कापडी खोइँछ भर्ने परम्परा कोखसँग सम्बन्धित भएकाले भगवती दुर्गाको सान्निध्यले आनन्द, सुख, आरोग्य र जन्म धन्य हुने विश्वासले मैथिल महिलाहरू खोइँछ भर्ने गरेको बताउनुहुन्छ । भगवतीको उपासना मातृपूजा भएकाले यसबाट शारीरिक, मानसिक र आमाको शक्ति जागृतिसँग सम्बन्धित रहेको पनि उहाँ स्पष्ट गर्नुहुन्छ ।

खोइँछलाई जनभाषामा खोइँछा पनि भनिन्छ । खोइँछ दिनुलाई समृद्धि, परिपूर्णता, र भावनात्मक शुभाशीषको प्रतीक मानिन्छ । यसको सम्बन्ध आँचलसँग हुन्छ । आँचल महिलाका लागि सबैभन्दा ठूलो निधि हो । आँचल यस्तो अमूल्य हो, जसलाई बाँधिएमा खोइँछ र खोलेमा आँचल हुन्छ । खोइँछमा प्रमुख रूपले प्रदान गरिने धानलाई अन्नपूर्णा देवीको प्रतीक मानिन्छ, जसको अभिप्राय अन्नको अभाव कहिल्यै नहुने, दुबोलाई भगवान् शिव र विष्णुको प्रतीक मानिन्छ । जसको अर्थ ईश्वरको अनुकम्पा सधैँ रहिरहने र बैसारलाई विष्णुको र सिन्दूरलाई सौभाग्यको प्रतीक मानिएको छ ।

त्यसो त मिथिलाञ्चलमा महिलाले माइतबाट ससुराली, ससुरालीबाट माइती, एक स्थानबाट अर्को स्थान जानेबेलामा पनि खोइँछ भर्ने प्रचलन रहेको पाइन्छ । यो विधि कुलदेवता र देवीको मन्दिरमा गरिन्छ । कुलदेवता र देवीको मन्दिरमा खोइँछ भर्नुको अर्थ कुलदेवता र देवीलाई साक्षी राखी सौभाग्यको आराधना र सङ्कल्प गर्नु हो ।

खोइँछ भर्ने प्रचलन अनादिकालदेखि आइरहेको मानिन्छ । माता सीता र सावित्रीले पनि खोइँछ भर्ने विधि गरेको जनधारणा पाइन्छ । प्राचीनकालमा छोरीलाई घरबाट बिदाइ गर्ने बेलामा आमाले आँचलभर खोइँछ भरी बिदा गरेको र छोरीको घरमा अन्नपूर्णाको बास होस् भनी कामना गरेको प्रसङ्ग पनि जनमानसमा पाइन्छ ।

यसैबीच देवी दुर्गाका नवनिर्मित प्रतिमाहरूमा आँखा उघार्ने विधिसमेत सम्पन्न गरिएको छ । मिथिलामा माटोबाट बनाइएका देवी दुर्गाको प्रतिमाको सप्तमीका दिन आँखा उघार्ने विधि बेलको पातको डाँठबाट गर्ने चलन छ । रासस

17/10/2018, 04: 30: 41 मा प्रकाशित
123 पटक पढीएको

राजनीति

मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण गरिरहेको निर्माण व्यवसायी सिएमसीसँगको ठेक्का सम्झौता रद्द गर्ने विषयमा छलफल भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । पुस ३ गते काम गर्न स्रोत अभाव भएको भनी एकपक्षीय रुपमा सुरुङ, हेडवक्र्स लगायतको काम छोडेको इटालियन निर्माण व्यवसायी सिएमसी अझै काममा फर्किएको छैन । काम छोडेर भाग्न लागेको सूचना पाएपछि गत […]

बिचार

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ मा हामीले फरकमत राख्नुको कारण केदारभक्त माथेमाको संयोजकत्वमा बनेको चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदल २०७२ु ले पेश गरेको प्रतिवेदनको मर्म र भावना अनुरुप शेरबहादुर देउवा नेतृत्वको सरकारले संसदवाट राष्ट्रिय चिकित्सा शिक्षा ऐन ल्याउने प्रयासमा तत्कालिन एमाले र सत्ता साझेदार माओवादी केन्द्र समेत नमानेपछि कांग्रेसले २०७४ असोज ६ गते […]

प्रवास

विश्वकै सबैभन्दा जेठा व्यक्तिको आइतबार ११३ बर्षको उमेरमा निधन भएको छ । जापानका नागरिक मसाजो नोनाकाको आइतबार निधन भएको अधिकारीले जानकारी दिएका छन् । राइट दाजुभाईले पहिलो उडान गराएको दुई वर्षपछि सान् १९०५ मा उहाँको जन्म भएको थियो । गिनिज वर्ड रेकर्डका अनुसार गत बर्ष स्पेनका नागरिक फ्रान्सीस्को नुनेज ओलिभेराको निधन भएपछि उहाँ संसारकै सबैभन्दा […]

अन्तर्वार्ता

वर्तमान सरकार र यसको नेतृत्वले आजदेखि ‘नयाँ युगको शुभारम्भ’ को नारा दिएर सामाजिक सुरक्षा कार्यक्रमको ब्यापक प्रचारवाजी गरेको छ। तर, सामाजिक सुरक्षा कोषको स्थापनाका लागि पहिलो संविधानसभा निर्वाचन लगत्तै बनेको तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादीका नेता बाबुराम भट्टराईको सबैभन्दा ठूलो योगदान छ। उनी अर्थमन्त्री भएकै बेला योगदानमा आधारित सामाजिक सुरक्षा कोषको अवधारणा सुरू गरेलगत्तै उक्त […]

जनआन्दोलन र सशस्त्र संघर्षको जगमा निर्मित अन्तरिम संविधान–०६३ ले मूलधारमा आउन वञ्चित वर्ग, क्षेत्र, लिंग, धर्मका समुदायलाई मूल प्रवाहमा ल्याउने संकल्प गर्यो। नेपालको इतिहासमै पहिलोपल्ट ल्याइएको त्यो व्यवस्थाको नाम थियो, समानुपातिक प्रतिनिधित्व प्रणाली। तर, दुर्भाग्य सामाजिक न्यायको जुन उद्देश्य प्राप्तीका लागि समानुपातिक प्रणाली भित्र्याइयो, केही दर्जन सभासद्का नाम छाड्ने हो भने बाँकी थुप्रै आशामुखीलाई शीर्षस्थमा […]

लोकप्रिय

विश्वकै सबैभन्दा जेठा व्यक्तिको आइतबार ११३ बर्षको उमेरमा निधन भएको छ । जापानका नागरिक मसाजो नोनाकाको आइतबार निधन भएको अधिकारीले जानकारी दिएका छन् । राइट दाजुभाईले पहिलो उडान गराएको दुई वर्षपछि सान् १९०५ मा उहाँको जन्म भएको थियो । गिनिज वर्ड रेकर्डका अनुसार गत बर्ष स्पेनका नागरिक फ्रान्सीस्को नुनेज ओलिभेराको निधन भएपछि उहाँ संसारकै सबैभन्दा […]