उपाधि दाबेदार आर्मीलाई फ्रेण्डसले रोक्यो

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
काठमाडाँै, २० मङ्सिर

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि दाबेदारका रुपमा रहेको विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई फ्रेण्डस क्लबले गोलरहित बराबरीमा रोकेको छ ।

सातदोबाटोस्थि एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा फ्रेण्डसले आर्मीलाई गोलरहित बराबरीमा रोकेपछि दुवै टोलीले अङ्क बाँडे । खेलमा आर्मीको आधा दर्जनभन्दा बढी प्रहारलाई फ्रेण्डसका गोलरक्षक देव लिम्बूले विफल बनाइदिएका थिए । यस खेलसँगै ६ खेल खेलेको आर्मी चार जीत र दुई बराबरीसँगै १४ अङ्क जोडेको छ । लिगको अङ्क तालिकामा भने आर्मी चौथो स्थानमा यथावत् छ ।

त्यस्तै समान खेल खेलेको फ्रेण्डस पनि पाँच अङ्कका साथ लिगको दशौँ स्थानमा यथावत् छ ।रासस