आर्नोल्ड स्वान्सटेइगरको संस्थाले नेपालमा अन्तराष्ट्रिय प्रतियोगिता गर्ने

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौँ, २१ मङ्सिर

आर्नोल्ड स्वान्सटेइगरको संस्था अन्तराष्ट्रिय फिटनेश फर बडिबिल्डिङ प्रोफेश्नल लिगले नेपालमा पनि अन्तराष्ट्रिय प्रतियोगिता गर्ने भएको छ ।

सो संस्थाबाट स्विकृती लिएर धर्मश्री विजेता सानु गुरुङको संयोजनमा नेपालमा सन् २०१९ को फेब्रेवरी १५ र १६ गते नेपालमा अहिलेसम्मकै ठुलो बडिबिल्डिङ प्रतियोगिता गर्ने भएको हो । प्रोफेस्नल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप नाम रहेको सो प्रतियोगितामा अन्तराष्ट्रिय बडिबिल्डरको पनि सहभागिता रहनेछ । यो प्रतियोगिताका लागि विश्व बडिबिल्डिङका चर्चित ब्यक्ति बब चिकोरिलो नेपाल आउने भएका छन । नेपालमा पहिलो पटक हुन लागेको यो प्रतियोगितामा २० भन्दा बढी देशका खेलाडीले भाग लिने आयोजकले बताएको छन । काठमाडौंमा शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै यस कार्यक्रमका संयोजक सानु गुरुङले प्रतियोगितामा २ सय खेलाडीको सहभागिता रहने बताए ।

प्रतियोगिताका कुल बजेट एक करोड ६८ लाख ४६ हजार रुपैया अनुमान गरिएको छ । आयोजकका अनुसार नेपालले यो प्रतियोगिताका लागि चार वटा प्रो कार्ड लिइसकेको जनाएको छ ।