प्रम ओलीलाई बोलीमा लगाम लगाउन कांग्रेसको चेतावनी

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, मंसिर २२

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिभिजन मार्फत व्यक्त गरेका अभिव्यक्ति पदीय गरिमा विपरित भएको भन्दै घोर आपत्ती प्रकट गरेको छ।

पार्टीको विधान मस्यौदामाथि छलफलका लागि मंसिर १३ गतेदेखि जारी केन्द्रीय समिति बैठकमा एक प्रस्ताव पारित गर्दै शुक्रबार कांग्रेसल नेपाल टेलिभिजनको एक संवाद कार्यक्रममा पधानमन्त्री ओलीले व्यक्त गरेका शब्दहरु पदीय गरिमा विपरीत भएकोे भन्दै आपत्ती जनाएको हो।

‘एक आइएनजीओको कार्यक्रममा सरकार विवादास्पद सह–आयोजन एवं प्रधानमन्त्रीले पुरस्कार ग्रहण गरेको विवादास्पद सन्दर्भप्रति सार्वजनिक रुपमा उठेको प्रश्नमा “आफुले जवाफ दिए वुद्धिजीवि थला पर्ने” भनि प्रधानमनत्रील प्रयोग गर्नु भएको वाक्यांश र चेतावनीको शैलीमा अभिव्यक्ति अधिकारलाई कुण्ठीत गर्ने ढंगले राख्नु भएका शब्दहरु संविधानको धारा १७ को उपधारा २ को ‘क’ ले निर्दिष्ट गरेको प्रत्येक ‘नागरिकलाई विचार र अभिव्यक्ति स्वतन्त्रता’ हुनेछ भन्ने शव्द, भावना र मर्मको विल्कुलै विरुद्धमा छ,’ कांग्रेसले बैठकपछि जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

साथैे उसले प्रधानमन्त्री ओेलीलाई आफ्नो पदीय गरिमाको हेक्का राख्न पनि सचेत गराएको छ।

कांग्रेसको आजै बसेकोे बैठकले अर्को प्रस्तावमा कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको दोषि खोजी गर्दै न्यायको माग गरेर प्रकाशित गरिएका उनको तस्वीर अंकित पोष्टरहरु प्रहरी लगाई च्यातिएको घटनाप्रति पनि भत्र्सना गरेकोे छ।

बैठकले सो घटनालाई विना हातहतियार शान्तिपूर्ण भेला र प्रदर्शन गर्न सक्ने संविधान प्रदत्त अधिकार माथिको हस्तक्षेप भएकोे ठहर समेत गरेको छ।

‘सरकार भेटियो, न्याय भेटिएन’ भन्दै निर्मला हत्या प्रकरणकोे विरुद्ध सडकमा न्याय माग्दै उत्रेकोे युवा जमातले टाँसेको पोष्टर प्रहरी प्रशासनले खोेस्दै च्यातेको थियो।

‘प्रधानमन्त्रीको तस्वीर सहरमा सजाउन मिल्ने तर, न्यायको माग गर्दै एक बालिकाको तस्विर टाङ्दा च्यात्तिने र टाङ्नेहरु पक्राउ पर्ने घटनाप्रति आपत्ति गर्दै यो बैठक न्यायको आवाज र विरोधको स्वर सुन्नै नचाहने प्रवृत्तिको अन्त्य गर्न र यथाशीघ्र निर्मला पन्त प्रकरणका दोषीहरुलाई कारवाहीको कठघरामा ल्याउन सरकार समक्ष माग गर्दछ,’ कांग्रेसको विज्ञप्तिमा भनिएको छ।

निर्मलालाई न्याय दिलाउँदै समग्र नेपाली महिलाको अस्मिता रक्षा गर्ने प्रश्नमा सरकार असफल रहने हो भने नेपाली कांग्रेसले यहि मुद्दालाई लिएर कडा संघर्षका कार्यक्रम सार्वजनिक गर्न चेतावनी पनि कांग्रेसले दिएको छ।

मंसिर ११ गते सहभागीतामा आधारित सामाजिक सुरक्षा कार्यक्रम शुभारम्भको नारा दिएर प्रधानमन्त्री ओेलीको तस्विर अंकित पोष्टरहरु शहरका सडकभरी र पत्रपत्रिका, टेलिभिजन र अनलाइनमा छापिएकोमा सर्वत्र आलोचना भएको थियोे।

त्यसैगरी झापामा प्रधानमन्त्रीकै निर्वाचन क्षेत्रमा रहेको गौरादह नगरपालिकामा नगरपालिका प्रमुखको अधिकार कटौति गरी उपप्रमुखलाई जिम्मा लगाउने घटना प्रधानमन्त्रीको जानकारी भन्दा बाहिर हुन नसक्ने बताएको ेछ।

नगरपालिकाका प्रमुखको सहमति बेगर उपप्रमुखको अध्यक्षतामा नगरपालिका वोर्डको बैठक बसी कतिपय कार्यविधि पारित गरिनु स्थानीय सरकार संचालन ऐन ०७४ ले निर्धारित गरेको प्रक्रिया विपरित छ भएकोे पनि कांग्रेसल बताएको छ।

‘संघीयताको मर्म विपरीतको यो घटनालाई केवल एउटा घटनाका रुपमा मात्रै सामान्य रुपमा लिएर नजरअन्दाज गर्ने हो भने आगामी दिनमा यसले प्रवत्तिको रुप लिएर देशव्यापी रुपमा स्थानीय सरकारहरुमा अराजकताको विकास र विस्तार हुने विषयप्रति हामी खवरदारी गर्न चाहन्छौं,’ कांग्रेसले भनेको छ।