यूनिभर्सल हाइड्रोले साधारण शेयर बिक्री गर्ने

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
काठमाडौँ, २८ मङ्सिर

नेपाल धितोपत्र बोर्डले यूनिभर्सल हाइड्रो पावर कम्पनीलाई साधारण शेयर बिक्रीका लागि स्वीकृति दिएको छ । बोर्डले कम्पनीलाई रु ९६ करोड लाख ६१ लाख बराबरको ९६ लाख ६१ हजार कित्ता शेयर विक्रीको अनुमति दिइएको हो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावितलाई २१ लाख ३५० कित्ता साधारण शेयर बिक्री गर्नेछ । आयोजना प्रभावित दोलखा जिल्लाका गौरीशङ्कर गाउँपालिका वडा नं ५, ६ र ८, कालिञ्चोक गाउँपालिका वडा नं ३ र बिगु गाउँपालिका वडा नं ४ का बासिन्दालाई साधारण शेयर बिक्री गर्नेछ ।

यस्तै सर्वसाधारणलाई ७५ लाख ६१ हजार २६० कित्ता शेयर बिक्रीको तयारी गरेको छ । कम्पनीको शेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारे खोला जलविद्युत् आयोजना निर्माण गरेको छ । इक्रा नेपालले गरेको विश्लेषणमा ‘ग्रेड चार’ प्राप्त गरेको छ । त्यो भनेको कम्पनीको वित्तीय अवस्था सन्तोषजनक छैन भन्ने अवस्था हो । रासस