सरकारले सीएमसीको धरौटी जफत गर्ने

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौँ, ५ पुस

सरकारले मेलम्ची खानेपानी आयोजनाको निर्माण गरिरहेको ठेकेदार कम्पनी सीएमसीको धरौटी जफत गर्ने भएको छ । सीएमसीले गरेको सम्झौता र यसअघिको प्रतिवद्धताअनुरुप काम नगरी भाग्न खोजेपछि सरकारले त्यस्तो निर्णय लिएको हो । विहीबार प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिले बोलाएको छलफलमा खानेपानीमन्त्री बिना मगरले सीएमसीका अधिकारीहरुलाई भाग्नबाट रोकिएको र धरौटी जफत पनि गरिने बताए ।

सीएमसीको ‘पर्फमेन्स सेक्युरिटिज’ बापत नेपाल इन्भेष्टमेन्ट बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकमा गरी कुल ३८ करोड र धरौटी बापत २ अर्ब ५० करोड रुपैंया गरि सीएमसीको कुल २ अर्ब ८८ करोड रुपैंया नेपालमा छ । मन्त्री मगरले ईटालीमा केन्द्रिय कार्यालय रहेको सीएमसी टाट पल्टेको जानकारी पनि दिए। उनले इटालीयन ठेकदार कम्पनीले काम छाडे पनि नेपाललाई घाटा नलाग्ने बताए । जफत भए पनि सीएमसीले नै काम गरेको अवस्थामा उसैलाई काम गर्न दिने र उसले काम नगरे आफैं बनाउने तयारी भईरहेको उनले बताए । मन्त्री बिना मगरले जस्तोसुकै परिस्थितीमा पनि मेलम्चीको पानी तोकिएकै मितिमा उपत्यकाबासीले पिउन पाउने प्रतिबद्धता व्यक्त गरे ।

बैठकमा समिति सदस्यहरुले सीएमसीले काम नगर्ने अबस्थामा आयोजनाको काम कसरी गर्छ भनी प्रश्न गरेका थिए । सांसद रामकुमारी झाक्रीले आयोजनाको निर्माण कार्यमा मजदुर लगाएतको बक्यौदा रकमको दायित्वका बारेमा प्रश्न गरे ।

छलफलपछि समितिले बहुप्रतिक्षित मेलम्ची आयोजना तोकिएको समयमा लागत नबढ्ने गरी निमार्ण सम्पन्न गर्न खानेपानी तथा सरसफाइ मन्त्रालयलाई निर्देशन दिएको छ । आयोजना निमार्णको अन्तिम चरणमा पुगेको अवस्थामा निमार्णको कार्य गर्दै आएको इटलियन कम्पनी को–अपरेटिभ मुरातोरी सिमेस्ट्री (सिएमसी) वा अन्य कम्पनीमार्फत भएपनि तोकिएको मितिमा नै मेलम्चीको पानी काठमाडौं ल्याउनुपर्ने निर्देशन दिइएको समिति सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए ।