ईपिएल क्रिकेट फाईनल उपाधि ललितपुर प्याट्रियट्सलाई

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौँ, ७ पुस

एभरेष्ट प्रिमियर लिग ईपीएलको उपाधि ललितपुर प्याट्रियट्सले जितेको छ ।

शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा भैरहवा ग्ल्यालिडएटर्सलाई १४ रनले हराउँदै उपाधि जितेको हो । १५६ रनको लक्ष्य पछ्याएको भैरहवाले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ४१ रनमात्र बनाउन सक्यो ।

भैरहवाका ओपनर प्रदीप ऐरीले सर्वा्धिक ३४ रन जोडेका थिए । त्यस्तै प्रतियोगिताका सर्वा्धिक रनकर्ता रवि इन्दर सिंहले २९ रन बनाए । रायन टेन डोस्क्याथे र कप्तान शरद भेषावकरले समान १४ रन बनाउँदा कुशल मल्लले १६ र आरिफ शेखले १२ रन बनाए । बलिङमा ललितनारायण राजवंशीले ३ विकेट लिएका थिए भने पवन सर्राफ र योगेन्द्र सिंह कार्कीले २ ÷२ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो । ललितपुरका ओपनर जयकिसन कोल्सावालाले ५२ बलमा ३ चौका र ३ छक्काको सहयोगमा सर्वा्धिक ५७ रन बनाएका थिए । उनले गौरव तोमरसँग मिलेर पहिलो विकेटका लागि ४१ रनको साझेदारी गरेका थिए ।

सन्दीप जोराले ११ बलमा २४ रनको विष्फोटक इनिंग्स खेले । कप्तान ज्ञानेन्द्र मल्लले १० र कुशल भुर्तेलले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको रन छुन सकेनन् ।

बलिङतर्फ भैरहवाका कृष्ण कार्कीले ३ विकेट लिए । रायन टेन डोस्क्याथे र मोहम्मद नाविदले २÷२ विकेट लिए ।