एलजीको हरेक टिभी खरिदमा २ वर्षको वारेन्टी

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, पुस १४

चौधरी ग्रुप अन्तरगत सिजी इम्पेक्सले बजारमा उपलब्ध गराउने एलजी टिभी खरिदकर्तालाई दुई वर्षको वारेन्टी दिने घोषणा गरेको छ।

सिजी इम्पेक्सद्धारा शनिबार जारी विज्ञप्ति अनुसार, ग्राहकको मागलाई ध्यानमा राख्दै उक्त कम्पनीले हरेक एलजी टिभी को खरिदमा दुई वर्षको पुरा वारेन्टी दिने भएको हो।

विगतमा एलीजीले सामान्य टिभीमा मात्रै वारेन्टी दिँदै आएकोमा उक्त निर्णयमा परिवर्तन गर्दै अबदेखि युएचडी र सुपर युएचडी ब्राण्डमा पनि त्यो सुविधा दिने व्यवस्था थप गरेको हो। यसरी थप भएको वारेन्टीको व्यवस्थाले ग्राहकहरुलाई उच्चतम फाइदा पुर्याउनुका साथै एलजीको गुणस्तरीयता पनि बढाउने दाबी कम्पनीले गरेको छ।