श्रृंखला बाणिज्य बैंकको ब्राण्ड एम्बेसडर

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, पुस १८

राष्ट्रिय बाणिज्य बैंकको ब्राण्ड एम्बेसडरमा मिस नेपाल वल्र्ड २०१८ श्रृंखला खतिवडा नियुक्त भएकी छिन् ।बैंकले बुधबार पत्रकार सम्मेलन गर्दे आफ्नो व्यवसाय प्रवद्र्धनको लागि खतिवडालाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको जनाएको हो ।

राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रा.लि. बीच भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजर प्रा.लिको तर्फबाट अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीले हस्ताक्षर गरेका थिए । पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय बाािण्ज्य बैंक अन्य बाणिज्य बैंकहरुसँग प्रस्तिस्पर्धा गर्दै अघि बढिरहेको जानकारी दिए । त्यस्तै उनले आगामी दिनमा यसको सेवालाई अझ विस्तार गर्दै लैजाने क्रममा आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्नको लागि खतिवडालाई ब्रान्ड एम्बासडरमा नियुक्त गरिएको जानकारी दिए ।

ब्राण्ड एम्बेसडर नियुक्त भए पछि मिस नेपाल २०१८ श्रृंखला खतिवडाले वाणिज्य बैंकहरुमा मिस नेपालको भूमिकामा पहिलो पटक ब्राण्ड एम्बेसडर नियुक्त भएकोमा खुसी व्यक्त गरीन् ।