एलवी क्षेत्रीको जीवनी “कप्तान १९९८” विमोचन

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान एलबी क्षेत्रीको संस्मरणात्मक पुस्तक ‘कप्तान १९९८’ सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौमा आयोजित एक कार्यक्रमका बिच काठमाडौको प्रज्ञा प्रतिष्ठानमा उक्त पुस्तक सार्वजनिक गरिएको हो ।

पहिलो राष्ट्रिय टिमका उपकप्तान क्षेत्रीले सन् १९९८ मा नेपालमा भएको दोस्रो एसीसी कप क्रिकेट प्रतियोगितामा नेपालको कप्तानी सम्हालेका थिए। पुस्तकमा नेपाली क्रिकेटको ईतिहास, समकालीन क्रिकेटरको संघर्षको कथा समेटिएको लेखक क्षेत्रीले बताए । राष्ट्रिय टिमका पुर्व कप्तान रहेका क्षेत्रीले नेपालमा महिला क्रिकेटको अवधारणा सहित सुरुवात, विकास र विस्तारमा नेतृत्व गरेआ थिए भने उनकै नेतृत्वमा कोहलपुरमा अन्तराष्ट्रिय क्रिकेट मैदान निमार्णको पहल भएको थियो ।

क्रिकेट विवाद समाधानका लागि अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले गठन गरेको स्वतन्त्र कमिटिका सदस्य समेत रहेका क्षेत्रीको पुस्तकमा क्रिकेटमा देखिएको चरम विवाद, राजनैतिक हस्तक्षेप, आईसीसीको निलम्बन र समाधानका उपाय समावेश गरिएको छ । एउटा क्रिकेटर जस्ले आफुले भोगेका देखेका कुराहरु पुस्तकमा समावेश गर्न पुस्तक निकालेको एलबी क्षेत्रीले बताए ।

पुस्तक भित्र रहेका विषय वस्तुले उति वेलाको खेलाडीको अवस्था राज्यको भुमिका र व्यहोर्नु परेका चुनौतिलाई उजागर गरिएको छ ।