‘च्यानल होइन, टिभी बदल्नुस्’ नाराकासाथ एलजीले ल्यायो एक्सचेन्ज अफर

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, पुस २१

चौधरी ग्रुप (सिजी) अन्तर्गतको एलजी इलोक्ट्रोनिक्स कम्पनीले ग्राहकहरुको मागलाई ध्यानमा राख्दै ‘अब च्यानल होइन, टिभी बदल्नुस’ नाराकासाथ एक्सचेन्ज (साटफेर) पोजना सार्वजनिक गरेको छ।

सिजी ग्रपको कम्पनीका अनुसार, यो योजना अन्तर्गत कुनै पनि ब्राण्डका पुराना टिभीलाई एलजीको टेलिभिनसँग साट्न सकिनेछ। यसरी साट्दा कम्पनीलाई आफ्ना ग्राहकलाई पुरनो टिभीको उचित मूल्यांकनका सथौ ४१ हजार रुपैयाँसम्मको नगद छुट प्रदान गर्ने घोषणा पनि कम्पनीले गरेको छ।

यस योजनाबाट ग्राहकहरुले नयाँ एलजी टिभी, आकर्षक छुट र मूल्यांकनका साथै पुरानो टिभीबाट आउने समस्याबाट छुटकारा पाउने छन्। उक्त योजना देशभरी सिमित अवधिका लागि मात्र भएको बताउँदै कम्पनीले यसमा आफ्ना केहि नियम र सर्त लागू हुने पनि बताएको छ।