बबई नहरको मुआब्जाको विवाद समाधान

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
धम्बोझी, २४ पुस

बाँके जिल्लाको तारातालमा हुलाकी सडकमा पर्ने बबई नहरको मुआब्जाको विवाद समाधान भएको छ ।

हुलाकी सडकदेखि गुलरिया नगरपालिकाको पर्वतीया मन्दिरसम्म करीब १८ किलोमिटर लम्बाइ नहरको मुआब्जाको विवाद समाधान भएपछि नहर निर्माणको काम अघि बढ््ने भएको छ ।

गत आव २०७४÷७५ मा नहरको रेखाङ्कनमा परेका १० बिघा १५ कट्ठा सात धुर जग्गा अघिग्रहण गरिएको छ । सोका लागि कूल मुआब्जा रकम रु १५ करोड ७२ लाख ७२ हजार ३१२ आवश्यकताअनुसार वितरण गरिएको छ ।

सो रकमबाट गत आव रु आठ करोड १६ लाख ३८ हजार ६०० मुआब्जा भुक्तानी गरिएको बबई सिँचाइ आयोजनाका प्रमुख कुञ्जनभक्त श्रेष्ठले जानकारी दिए । चालु आवको पुस १५ सम्ममा रु पाँच करोड १५ लाख ६१ हजार ३७५ मुआब्जा वितरण भएको छ । रासस