क्यान इन्फो माघ १५ गतेदेखि

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
धम्बोझी, २४ पुस

आगामी माघ १५ गतेदेखि २० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सूचना प्रविधि मेला आयोजना हुने भएको छ ।

सूचना र प्रविधिका क्षेत्रमा भएका नयाँ प्रयोगबारे जानकारी दिने उद्देश्यले क्यान महासंघले आगामी काठमाडौंमा सूचना प्रविधि मेला आयोजना गर्न लागेको हो । क्यानले मंगलबार पत्रकार सम्मेलन गर्दे यस बर्षको मेलामा राष्ट्रिय तथा अन्तराष्ट्रिय सूचना प्रविधी सम्वद्ध कम्पनीहरुको सहभागीता रहने जनाएको छ । यसबर्ष शिक्षा स्वास्थ्य कृषि र पर्यटनको क्षेत्रमा प्रयोग भएका नया प्रविधीलाई समेत समावेश गर्ने प्रयास गरिएको महासंघका महासचिव रन्जित कुमार पोदारले जानकारी दिए । प्रर्दशनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स, पावर सोलुसन, मोबाईल एस्सेसोरिज, डिलर र डिष्ट्रीबुसन, इन्टरनेट सेवा प्रदायक, लगायत राखिने उनले बताए ।

महासंघले यस बर्ष सातवटै प्रदेशमा समेत सूचना प्रविधि मेला आयोजना गर्ने जनाएको छ । जसअनुसार बिराटनगर मेला सम्पन्न भइसकेको छ भने विरगंजमा पुष २७ देखि ३० गते , चितवनमा माघ २५ देखि २९ , पोखरामा फाल्गुन २४ देखि २९ , बुटवलमा फाल्गुन २४ देखि २८ र सुर्खेतमा २४ देखि २८ गतेसम्म मेला आयोजना गर्ने छ ।