सनराइज बैंकको छ प्रादेशिक कार्यालय

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
काठमाडौँ, २७ पुस

सनराइज बैंकले आफ्ना ग्राहकलाई सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले देशका छ विभिन्न प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरेको छ ।

बैंकले आज प्रदेश नं १ को इटहरी, प्रदेश नं २ को लाहान, गण्डकी प्रदेशको पोखरा, प्रदेश नं ५ को बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूर पश्चिम प्रदेशको अत्तरियामा आफ्ना प्रादेशिक कार्यालय स्थापना गरेको जनाएको छ ।

प्रादेशिक कार्यालयले आफ्नो मातहतमा रहेका शाखाको अनुगमन, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ सेवा, संस्थागत सुशासनको साथै व्यापार विस्तारका कार्य छिटो, छरितो र चुस्त रुपमा सम्पादन गर्ने बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रादेशिक कार्यालयको सामूहिक उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगड, सञ्चालक बच्छराज तातेड, सञ्चालक ज्योतिकुमार बेगानी, सञ्चालक ओमकृष्ण जोशी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त रुपमा गए।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले १०२ शाखा, २८ शाखारहित बैंकिङ सेवा, चार एक्सटेन्सन काउण्टर, ११४ एटिएममार्फत आफ्ना पाँच लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । रासस