शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षामा लगानी गर्न सरकारलाई सुझाव

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडाँै, २७ पुस

मानवीय जवाफदेहिता अनुगमन अभियानले शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षाजस्ता असमानता न्युनिकरणमा योगदान दिने क्षेत्रहरुमा प्राथमिकताका साथ लगानी गर्न सरकारलाई सुझाव दिएको छ ।

शुक्रबार काठमाडौमा समृद्धिका लागी समानता प्रतिवेदन सार्वजनिक गर्दे अभियानले शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षा लगाएतका क्षेत्रमा अहिले पनि असमानता देखिएको भन्दै त्यसलाई न्युनिकरण गर्न लगानी गर्नुपर्ने जनाएको हो । अझै पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षाका बिषयमा धनी र गरिवबिच खाडल रहेको अभियानको ठहर छ । अभियानले महिला बालबालिका तथा अल्पसंख्यकमाथि भइरहेको शोषण अन्त्य गर्न पनि आवश्यक कदम चाल्नुपर्ने जनाएको छ ।

गरिव किसान तथा भूमिहिनलाई फाइदा पुग्नेगरि न्यायोचित भूमि पुनर्वितरण गर्न प्रगतिशिल भूमि सुधार कार्यक्रमलाइ प्राथमिकताका साथ कार्यान्वयन गर्न पनि अभियानले सुझाव दिएको छ । कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष रहेका मानवअधिकारवादी सुवोध प्याकुरेलले अबको बिकास अभियानका लागी स्थानीय तहका सरकारहरु नै सक्रिय हुने बताए ।

अभियानले हालैका बर्षहरुम श्रमिकको परिश्रमिकमा बृद्धि भएको भएतापनि औसत कामदारहरुको पारिश्रमिक अझै न्युनतम नै रहेको जनाएको छ ।