सुख्खा बन्दरगाहका विरोधीप्रति रुख्खियो राज्य

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौँ, ३ माघ

किर्तिपुर नगरपालिका स्थित चोभारमा सुख्खा बन्दरगाह बनाउने तयारी भएपछि स्थानीय बासिन्दाले त्यसको विरोध गरेका छन् ।

कीर्तिपुर नगरपालिका अन्तर्गत पर्ने चोभारमा सुख्खा बन्दरगाह बनाउने तयारीको विरोधमा बिहीबार स्थानीय बासिन्दाले प्रदर्शन गरेका थिए ।

प्रहरीले प्रदर्शनमा सहभागी भएकाकेहि स्थानीय बासिन्दालाई नियन्त्रणमा समेत लिएको थियो । प्रदर्शनकारीले बन्दरगाह शिलान्यासका लागि गएका प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा नारा लगाएका थिए । सरकारले काठमाडौँ उपत्यकामा सामान ढुवानी सहज बनाउन भन्दै सुख्खा बन्दरगाह निर्माण गर्न लागेको हो । स्थानीयवासीले भने प्राकृतिक सौन्दर्य बिग्रिने तथा धार्मिक क्रियाकलापमा प्रभाव पर्ने भएकाले बन्दरगाहको विरोध गरेका छन् ।