आशा लघुवित्तको साधारण शेयर बिक्री हुने

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
काठमाडौँ, १० माघ

आशा लघुवित्त वित्तीय संस्थाले यही माघ १८ गतेदेखि कूल छ लाख ७४ हजार कित्ता साधारण शेयर बिक्री गर्ने भएको छ ।

संस्थाले आज एक आह्वान पत्र सार्वजनिक गर्दै न्यूनतम १० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको जनाएको छ । संस्थाले बिक्री गर्न लागेको शेयरको १० हजार ३७० कित्ता कर्मचारी, ३३ हजार ७०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।

साधारण शेयरका लागि आवेदकले न्यूनतम १० कित्ता र अधिकतम तीन हजार ३७० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी दिएको छ ।

उक्त कम्पनीको शेयर छिटोमा यही माघ २२ गते र ढिलोमा आगामी फागुन १९ गतेसम्म खरीद गर्न सकिने व्यवस्था गरिएको छ । उक्त संस्थाको शेयरले वित्तीय अवस्था औसत भएको भन्दै ग्रेड चार प्राप्त गरेको छ । रासस