‘हुन्न भन्ने सदस्यको बहुमत’ भयो भने कसरी विधेयक पारित भयो सभामुख महोदय?

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, माघ ११

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विधरोका बाबजूद बहुमतको आडमा चिकित्सा शिक्षा धिवेयक पारित गराउने क्रममा सभामुख कृष्णबहादुर महराले गम्भिर गल्ति गरेका छन्।

विपक्षी दलका सांसदहरुले वेल घेराउ गर्दै नारावाजी गरिरहेको बेला सरकारको दबाबमा शिक्षा मन्त्री गिरिराजमणी पोखरेललाई चिकित्सा शिक्षा विधेयक पेश गर्न समय दिएका महराले विधेयक पारित गराउने क्रममा हुन्न भन्ने पक्षका माननीय सदस्यहरुको बहुमत भएकोले उक्त विधेयक पारित भएको घोषणा गरे।

विपक्षीको नारावाजीले अत्तालिएका महराले हुन्छ र हुन्न भन्ने क्रममा सत्ता पक्षले हुन्छ भनेपनि विपक्षबाट कुनै आवाज नआएको बेला उक्त विधेयकमा हुन्न भन्ने पक्षका सदस्यको बहुमत भएकोले विधेयक पारित भएको घोषणा गरेको बताए।

त्यसको केहि बेरपछि महासचिव मनोहरप्रसाद भट्टराइसँग परामर्श गरी आफूले हुन्न भनेँ र भनि सोधखोज गरेपनि आफूले गरेको गल्ति सच्याउने कुनै कार्य गरेनन्। जसको कारण चिकित्सा शिक्षा विधेयक पारित भएको हो वा होइन भन्ने प्रश्न खडा भएको छ।