नेपाल भ्रष्टाचारको अवधारणमा १२२ औ स्थान बाट १२४ औ स्थानमा

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौँ, १५ माघ

नेपालमा गतबर्षको तुलनामा यस बर्ष भ्रष्टाचारको अवधारणमा सुधार नदेखिएको ट्रान्सपरेन्सी इन्टरनेसनलले जनाएको छ । मंगलबार ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले भ्रष्टाचार अवधारणा सूचकांक २०१८ सार्वजनिक गर्दे भ्रष्टाचार नियन्त्रणका प्रयास धेरै मुलुकमा सुस्त गतिमा चलिरहेको समेत जनाएको छ । प्रतिवेदन सार्वजनिक गर्न काठमाडौंमा आयोजित कार्यक्रममा टीआई नेपालका अध्यक्ष खेमराज रेग्मीले आयात निर्यात , सार्वजनिक सेवा कर भुक्तानी , ठेक्कापट्टा लगाएतका क्षेत्रमा नेपालमा भ्रष्टाचारले बढि प्रश्रय पाएको बताए ।

नेपालले गत वर्षको जस्तै यस बर्षपनि ३१ अंक नै पाएको छ र १२४ औं स्थानमा छ । गत बर्ष नेपाल १२२ औं स्थानमा थियो । नेपालको सार्वजनिक क्षेत्रमा भ्रष्टाचार, व्यापार व्यवसायमा घुस, सार्वजनिक पद र अधिकारको दुरुपयोग , अनुगमन र कारवाहीमा कमि , राजनीतिक भ्रष्टाचार जस्ता दिर्घकालीन समस्या यथावत नै रहेको ट्रान्सपरेन्सीले जनाएको छ । त्यस्तै भ्रष्टाचार अवधारणा सूचकांक २०१८ मा नेपालले पाएको अंकले भ्रष्टाचारको अवस्था चिन्ताजनक रहेको देखिएको टीआई नेपालका अध्यक्ष रेग्मीले बताए ।

सर्वेक्षणमा ट्रान्सपरेन्सी आफैं प्रत्यक्ष संलग्न हँुदैन । विभिन्न अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्था र दातृ निकायले गर्ने सर्वेक्षणका क्रममा संकलन गरिने सूचनालाई विश्लेषण गरेर सूचक निकालिन्छ । विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इन्साइट, बर्टेल्सम्यान फाउन्डेसन, वल्र्ड जस्टिस प्रोजेक्ट लगाएतले दिएको अंकको औसत निकालेर प्रतिवेदन तयार गरिन्छ । १०० पूर्णांक मानी तयार गरिने सूचकांकमा ५० भन्दा कम अंक पाउने मुलुकहरू भ्रष्टाचारग्रस्त मानिन्छन् । यस बर्षको सूचकाङ्कमा समावेश १८० राष्ट्रमध्ये ८८ अंक प्राप्त गरि डेनमार्क सबभन्दा कम भ्रष्टाचार हुने मुलुकको सूचीमा छन् । छिमेकीमुलुक भारत ४१ अंक प्राप्त गरि ७८ औ स्थानमा छ ।