नेपालको रोमाञ्चक जितले रचियो अर्को नयाँ रेकर्ड

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, माघ २०

नेपाली राष्ट्रिय क्रिकेट टिमले एकदिवसीय श्रृंखलाको स्मरण गराउँदै संयुक्त अरव इमिरेट्सलाई टि–२० खेलको तेस्रो दिनको अन्तिम खेलमा रोमाञ्चकारी जित निकाल्दै सिरिज २÷१ अन्तरले कब्जा जमाएको छ।

ढिलोगरी सुरु भएको खेललाई १० ओभरमा झारिएकोमा पहिले व्याटिङ गर्दै नेपालले ८ विकेटको क्षतिमा विरोधी टिमलाई १०५ रनको लक्ष्य दिएको थियो।

तर, १०.५ रन प्रति ओभरको लक्ष्य लिएर मैदानमा उत्रिएको घरेलु टिम युएईले पूरै १० ओभर खेल्दै ८ रनको क्षतिमा जम्मा ९० रन मात्रै सिमिति भएपनि नेपालले युएई विरुद्ध भएको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको सेरिजसँगै टि–२० सेरिज पनि कब्जा जमाउन सफल भएको हो।

नेपालका लागि आजको खेलमा बलहरु सन्दिप लामिछाने र सोमपाल कामी अलि बढि रन दिएर जम्मा एक एक विकेट लिने बलरका रुपमा देखिएका थिए। उनीहरुले क्रमशः दुई दुई ओभरमा २३ र २१ रन दिएर प्रारम्भमा नेपाली खेलाडीमाथि दबाब बढेकोे थियो।

तर, करण केसी, अविनाश बोहरा र ललितनारायण राजवंशीले दुई दुई विकेटका दरले विपक्षी खेलाडीलाई पेभेलियनको बाटो देखाउँदै रन रेट पनि ८ भन्दा कममा सिमित गरेपछि नेपालको जित सहज बनेको थियो।

आजको खेलमा करण केसीले १३ रन दिए भने बोहोरा र राजवंशीले १६÷१६ रन दिएका थिए।

यसअघि नेपालको व्याटिङमा कप्तान पारस खड्काले १४ बलमा २९ रन, सन्दीप जोराले ११ बलमा २६ रन विनोद भण्डारीले १३ बलमा २१ रन, ज्ञानेन्द्र मल्लले ९ बलमा ११ तथा करण केसीले ५ बलमा १० रनको योगदान दिएका थिए।