एलजीको झट्का, ४१% सम्म नगद फिर्ता कार्यक्रम बजारमा

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, माघ २२

एलजी कम्पनीले आफ्ना ग्राहकहरुको सेवा र सुविधाका लागि नयाँ नयाँ उपहार घोषणा गर्ने क्रममा अर्को ‘एलजीको झट्का’ कार्यक्रम अगाडि सारेको छ।

चौधरी ग्रुप अन्तरगतको एलजी कम्पनीले आफ्ना ग्राहकहरुलाई खुशीको झड्का लाग्नेगरी एलजी लिड टिभी खरिदकर्ताहरुका लागि ४१ प्रतिशतसम्मको नगद फिर्ता गर्ने घोषणा गरेको कम्पनीबाट जारी विज्ञप्तिमा उल्लेख छ।

सबै एलजीका लिड टिभीहरुमा २ वर्षको पूरा वारेन्टीकासाथ यो अफर सार्वजनिक गरेको हो। विश्वमै उत्कृष्ट ओएलइडी टिभी, सुपर युएचडी, युएचडी र स्मार्ट टिभी उत्पादनमा नं. १ मानिने ब्राण्ड नेपालमा पनि सुरुदेखि नै ग्राहकको पहिलो रोजाई बनिरहेको छ।

भ्वाइस कमाण्डबाटै चल्ने आर्टिफिसियल इन्टलीजेन्स र थिनक्यू प्रविधिको साथ संसारमै तहल्का मच्चाइरहेको एलजीको एलइडी टिभी भर्खरै नेपालमा शुभारम्भ गरिएको कम्पनीले जनाएको छ। आफ्नै अपरेटिङ सिस्टम वेभओएस र थिनक्यू टेक्नोलोजीका साथ एलजी लिड टिभीको माग उपभोक्तामाझ धेरै नै बढेको छ।