कर्ण शाक्यको कोष सार्वजनिक

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

प्रसिद्ध पर्यटन व्यवसायी एवं लेखक कर्ण शाक्यद्वारा लिखित ‘कोष’ पुस्तकको आज सार्वजनिक गरिएको छ । सोच, खोज, म सक्छुलगायतका प्रेरणादायक पुस्तक लेखी चर्चित बन्नुभएका शाक्यको नयाँ पुस्तक कोषमा पनि नेपाली जनजीवनको यथार्थ चित्रण गरिएको छ ।

समता शिक्षा निकेतनका संस्थापक उत्तम सञ्जेल, साहित्यकारद्वय प्रकाश सायमी र डा गीता त्रिपाठीले सो पुस्तकको आज आयोजित कार्यक्रममा लोकापर्ण गरे ।

सो अवसरमा समता शिक्षा निकेतनका सञ्जेलले लोकतन्त्रको संस्थागत विकासका लागि शिक्षा अपरिहार्य रहेको भन्दै आमजनताको पहुँचमा भन्दा कम लागतमा गुणस्तरीय शिक्षा पु-याउने उद्देश्यले सबै जिल्लामा ८० वटा र विश्वका १२ वटा देशमा पनि समता स्कूल स्थापना गरेको जानकारी दिए ।

साहित्यकार डा त्रिपाठीले नेपालमा साहित्य र राजनीतिलाई अलग्याएर हेर्ने गरिएकाले राजनीति परिणाममुखी बन्न नसकेको बताउँदै आज लोकार्पण गरिएको कोष पुस्तकले नेपालको कर्मयोगका बारेमा सिकाउने छ भनिन् ।

पुस्तकका लेखक शाक्यले कुराले नभई कर्मले नै मानिसलाई सफल बनाउने बताउँदै कोष पुस्तकले हरेक व्यक्तिलाई आशा, विश्वास र भरोसा जागृत गराउनेछ भने । समस्यासँग भागेर नभई जुधेर समाधानका विकल्प पहिल्याउन सकेमात्रै जीवन सार्थक हुने बताउँदै उनले हरेक नागरिकमा राष्ट्रप्रतिको कर्तव्यबोध नहुँदा नै नेपालले आर्थिक प्रगति गर्न नसकेको हो भने ।

फाइन प्रिन्टर्सले प्रकाशनमा ल्याएको सो पुस्तकको मूल्य रु ५०० रहेको छ ।रासस