काठमाडौँ गोल्डेन्सको विजयी शुरुआत

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

काठमाडौँ गोल्डेन्सले आजदेखि यहाँ शुरु भएको धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेट प्रतियोगितामा विजयी शुरुआत गरेको छ ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा शुरु भएको डिपिएलको तेस्रो संस्करणमा काठमाडौँ गोल्डेन्सले घरेलु टोली धनगढी स्टार्सलाई चार विकेटले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको धनगढी स्टार्सले दिएको १३३ रनको लक्ष्य काठमाडौँले १९ दशमलव पाँच ओभरमा पूरा ग¥यो ।

काठमाडौँका गौरव तोमार २८, अनिल साह २४, अङ्कित दवास २९, कप्तान ज्ञानेन्द्र मल्ल ३, सोनु तामाङ र योगेन्द्रसिंह कार्की समान दुई रन बनाए । महबुब आलम १२ र विक्रम भुसाल १४ रनमा अविजित रहे ।

धनगढीका रोहन मुस्तफाले चार ओभरमा २७ रन खर्चेर चार विकेट लिए । टस हारेर ब्याटिङमा आएको धनगढीले २० ओभरमा पाँच विकेट गुमाउँदै १३२ रन बनाएको थियो । धनगढीका अमित श्रेष्ठ ५०, सन्दीप रजाइली २८ र सौरभ खनालले २५ रन बनाए । बलिङतर्फ नन्दन यादव दुई, ललित राजवंशी र अङ्कित दवासले एक÷एक विकेट लिए । रासस