आर्सनल युरोपा लिगको प्रिक्वाटरफाइनलमा

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

उत्कृष्ट कमब्याक गर्दै आर्सनल युरोपा लिगको प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ। गएराति भएको खेलमा बाटे बोरीसोभलाई ३-० ले हराउँदै आर्सनलले समग्रमा ३-१ को जितसहित अन्तिम १६ मा स्थान बनायो।

पहिलो लेगमा १-० ले पछाडि रहेको आर्सनलले घरेलु मैदानमा ३-० को सहज जित निकाल्यो। इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले चौथो मिनेटमा पिएरी इमेरीकको प्रहार बाटेका डिफेन्डर जाखार भोल्कोभसँग डिफेक्ट भएपछि उपहार गोल पायो।

३९ औं मिनेटमा स्खोद्रान मुस्ताफिीले ग्रानीत झाकाको कर्नरमा हेडर गोल गर्दै अग्रता दोब्बर पारे।

आर्सनलले ६० औं मिनेटमा तेस्रो गोल गर्दै जित निश्चित पार्‍यो। उसका लागि साक्रातीसले गोल गरे। त्यसपछि बाटेले खेलमा फर्कन सकेन र आर्सनल विजयी भयो।